२३ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

कंगना रनावतको 'तेजस' बक्स अफिसमा कमजोर

बलिउड अभिनेत्री कंगना रनावतको फिल्म 'तेजस' बक्स अफिसमा कमजोर सावित भएको छ।

रनावतको फिल्म 'तेजस' ले दुई दिनमा २ करोड ५० लाख भारू कमाइ गरेको छ। सर्भेश मेवारा निर्देशित फिल्म अक्टोबर २७ देखि प्रदर्शन भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले १ करोड २५ लाख भारूमा ओपनिङ गरेको थियो। दोस्रो दिन पनि फिल्मले १ करोड २५ लाख नै कमाएको छ।

यस फिल्मबाट अभिनेत्री कंगना रनावतले पनि निकै आशावादी रहेकी थिइन्। फिल्मले कमजोर व्यापार गरेपछि उनले सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै फिल्म हेर्न आग्रह गरेकी छन्।

प्रकाशित: १२ कार्तिक २०८० १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App