२२ असार २०८१ शनिबार
image/svg+xml
कला

स्रष्टा समाजको सातै प्रदेशमा संयोजक

विसं २०६४ मा स्थापना भएको नेपाल स्रष्टा समाजको वर्तमान कार्य समितिले एक वर्ष पूरा गरेकाे अवसरमा सातै प्रदेशमा संयोजकहरूको व्यवस्था गरेको छ। जस अनुसार कोसी प्रदेशमा कृष्णप्रसाद भण्डारी मार्सेली, मधेस प्रदेशमा लक्ष्मी रेशमी, बागमती प्रदेशमा रवीन्द्र आशीष शैली, गण्डकी प्रदेशमा रिता न्यौपाने पहारी, लुम्बीनी प्रदेशमा रुद्र ज्ञवाली, कर्णाली प्रदेशमा देवकी तिमिल्सिना र सुदूरपश्चिम प्रदेशमा लक्ष्मीदत्त भट्ट रहेका छन्।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको वार्षिक समीक्षात्मक बैठकले सो निर्णय गरेको हो।

उक्त बैठकमा समाजका संरक्षक पवन आलोक, सल्लाहकारहरू नगेन्द्रराज शर्मा, शैलेन्द्र साकार, रमा शर्मा, चन्द्रप्रसाद भट्टराई र विधान आचार्यले वर्तमान समितिले गरेका कार्यको प्रशंसा गरेका थिए। कार्यक्रममा महासचिव देविका तिमिल्सिनाले वार्षिक गतिविधि र कोषाध्यक्ष तारा सुवेदीले आर्थिक स्थितिको जानकारी गराएका थिए।

प्रकाशित: १० आश्विन २०८० ०६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App