१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

कार्की आयोगको प्रतिवेदन अधुरो, अध्ययन समिति बनाउँछौँ: कांग्रेस

कांग्रेस केन्द्रीय समिति बैठकको फाइल तस्बिर ।

नेपाली कांग्रेसले जेनजी आन्दोलनको अध्ययनसहित तयार पारेको प्रतिवेदन अधुरो रहेको टिप्पणी गरेको छ ।  

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले यो प्रतिवेदन पूर्ण नभएको टिप्पणी गरे । उनले प्रतिवेदनमा भएको विषयलाई मिहिन ढंगले अध्ययन गर्न विज्ञसमिति बनाउने पनि बताएका छन् ।  

पत्रकार सम्मेलनका क्रममा चालिसेले भने, ‘प्रथम दृष्टिमा यो अपूर्ण देखिएको छ । अलि अधुरो देखियो । यसले पूर्णता बोकेको छैन । यद्यपी हामीले राम्रो अध्ययन गरिसकेका छैनौँ । अब विज्ञ सम्मिलित अध्ययन समिति नै बनाउँछौँ ।’

उनले जेनजी आन्दोलन र उत्पन्न घटनालाई आयोगले अलपत्र छोडेको पनि आरोप लगाएका छन् । अब प्रतिवेदनको अध्ययन गर्न कानुनका जानकार, शासन सत्तामा अनुभव भएका व्यक्ति र जेनजी आन्दोलनमा सहभागीलाई समावेश गरेर बनाएको समितिबाट अध्ययन गरी आवश्यक रणनीति लिने योजना रहेको पनि चालिसेले बताए । 

प्रकाशित: १२ चैत्र २०८२ १७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App