३१ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

मिराज कथासंग्रहको अन्तरक्रिया

अक्षरमार्गले कथाकार ध्रुवकृष्ण ताम्राकारको कथासंग्रह मिराजको अन्तरक्रिया गरेको छ।

अक्षरमार्गको आयोजनामा भएको सो कार्यक्रममा मिराज कथासंग्रहबारे साहित्यकारहरूले आआफ्ना विचार व्यक्त गरेका थिए।

कथाकार सूर्यप्रसाद लाकोजूले मिराजमाथि आफ्नो धारण राख्दै भने, ‘मिराज आम नेपालीको कथा हो। नेपाली समाजमा हुने घटनाहरूलाई कलात्मक ढङ्गले कथाहरूमा उनिएका छन्। यसकारण कथाहरू पठनीय छन्। कथा सरल र सरस छन्।’

त्यस्तै साहित्यकार रामसुन्दर देउजाले मिराजका कथाहरू यथार्थवादी सामाजिक कथा भएको प्रतिक्रिया दिए।

पुस्तकको लेखन, पृष्ठभूमि आदिबारे कथाकार ध्रुवकृष्ण ताम्राकारले प्रकाश पारेका थिए। मिराज कथासंग्रहमाथि नेवा पत्रकार राष्ट्रिय दबू काभ्रेका अध्यक्ष सोमकाजी शाक्य, कवि पुरुषोत्तम ताम्राकार लगायतले पाठकीय टिप्पणी गरेका थिए।  

प्रकाशित: २४ भाद्र २०८० ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App