२ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

भैँसीको मासु चीन निर्यात सम्झौतामा हस्ताक्षर

क्याप्शन

भैँसीको मासु चीन निर्यातका लागि नेपाल र चिनियाँ कम्पनीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालको हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको सांघाई जियान फुड प्रालिबीच सोमबार काठमाडौंमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौतापछि कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले यो सम्झौता नेपाल–चीनबिच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।  

‘नेपाल र चीनबिच भएको सम्झौताले नेपाली किसानलाई राँगा, भैंसीपालनका लागि थप प्रोत्साहित गरेको छ,’ मन्त्री अधिकारीले भने, ‘नेपालको हावापानी र नेपालको भूबनावट पशुपालनका लागि उत्कृष्ट रहेको छ । हामीले यो हावापानीमा उत्पादन गर्ने नेपाली मौलिक उत्पादनको मात्रा धेरै नभए पनि यसको महत्त्व भने ठुलो छ ।’ 

नेपालका हिमाली भेगमा पाइने जडीबुटी तथा औषधिजन्य घाँसपात खाएर हुर्किएका पशु वस्तुको दूध तथा मासुमा पौष्टिक तथा औषधिजन्य फाइदा पाइने धेरैको विश्वास रहेको मन्त्री अधिकारीले बताए । ‘हामीले युवालाई पनि यस पेसामा जोडेर पुस्तान्तरण गर्न जरुरी छ । पशु पालनका सन्दर्भमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै युवाहरूलाई पशुपालनतिर आकर्षण गर्न सकिन्छ’, उनले भने । 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुवै देशका सरकार बिच भैँसीको मासु निर्यातबारे सैद्धान्तिक सहमति भएको थियो । सोहीअनुसार यो सम्झौता भएको हो । 

प्रकाशित: २ पुस २०८१ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App