१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

९० दशकका हिरोहरु बलिउडमा अझैपनि हिट

बलिउडमा ९० दशकका हिरोहरु अझै पनि हिट भइरहेका छन्। उनीहरुको मुख्य भूमिका रहेका फिल्महरु बक्स अफिसमा ब्लकबस्टर साबित भएको छ।

९० को दशकदेखि आजसम्म बक्स अफिसमा आफ्नो नाम कमाउने शाहरुख खान पनि एक हुन्। शाहरुख पठान फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। रिपोर्टका अनुसार शाहरुख खानको पठानले विश्वभर १ हजार करोड कमाएको थियो।

अर्का सुपरस्टार रहेका छन् रजनीकान्त। रजनीकान्तको पछिल्लो फिल्म जेलर गत हप्ता रिलिज भएको छ। रिपोर्टका अनुसार जेलरले पहिलो हप्तामा ५०० करोड कलेक्सन गरेर बक्स अफिसमा ब्लकबस्टर साबित भएको छ।

त्यस्तै बलिउड सुपरस्टार सन्नी देओलले धेरै वर्षपछि गदर २ मार्फत कमब्याक गरेका छन्। गदर २ बाट फर्केर सन्नी देओलले बक्स अफिसमा आफ्नो नाम कमाए। रिपोर्टका अनुसार सनी देओलको गदर २ ले एक हप्तामा २८० करोड कमाएको छ।

बलिउड सुपरस्टार अक्षय कुमारको फिल्म ओएमजी २ को पहिलो हप्ताको कमाई सुस्त छ। तर, अक्षयको फिल्मले दर्शक र समीक्षकबाट निकै माया पाइरहेको छ। ए सर्टिफिकेट रेटिङ भए पनि अक्षयको फिल्मले पहिलो हप्तामा ८० करोडभन्दा बढी कमाएको छ।

प्रकाशित: १ भाद्र २०८० १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App