१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

भारतको स्वतन्त्रता दिवसमा 'गदर २' ले तोड्यो रेकर्ड

बलिउड फिल्म 'गदर २' ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखिरहेको छ।

'गदर २' ले भारतको स्वतन्त्रता दिवसमा सर्वाधिक कमाइ गर्ने रेकर्ड राखेको छ। यसले सलमान खानको फिल्म 'एक था टाइगर' को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो।

सन् २०१२ मा प्रदर्शन भएको फिल्म 'एक था टाइगर' ले भारतको स्वतन्त्रता दिवसमा ३२ करोड ९३ लाख कमाएको थियो भने 'गदर २' ले ५५ करोड ४० लाख भारू कमाएको छ।

बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म 'गदर २' २२ वर्षपछि सिक्वेलको रुपमा बनेको हो।

सेनामा भर्ती भएका तारा सिंहका छोरा पाकिस्तान सेनाको कब्जामा पर्छन्। उनलाई सेनाको कब्जाबाट छुटाउन तारा सिंहले गरेको संघर्षलाई फिल्ममा देखाइएको छ।

प्रकाशित: ३१ श्रावण २०८० १०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App