१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

प्रदर्शनमा आए बलिउड फिल्म 'गदर २' र 'ओ माइ गड २'

आज शुक्रबारदेखि बलिउड फिल्म 'गदर २' र 'ओ माइ गड २' प्रदर्शनमा आएका छन्।

बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म 'गदर २' २२ वर्षपछि सिक्वेलको रुपमा रिलिज हुँदै छ।

सेनामा भर्ती भएका तारा सिंहका छोरा पाकिस्तान सेनाको कब्जामा पर्छन्। उनलाई सेनाको कब्जाबाट छुटाउन तारा सिंहले गरेको संघर्षलाई फिल्ममा देखाइने छ।

गदर २ ले ३० करोड भारुको ओपनिङ गर्न सक्ने अनुमान भारतीय सञ्चार माध्यमहरुले गरेका छन्।

सन् २००१ मा रिलिज भएको ‘गदर’को सिक्वेलमा सनीका साथै अमिषा पटेल र उत्कर्ष शर्मा शीर्ष भूमिकामा छन्। फिल्मलाई अनिल शर्माले निर्देशन गरेका हुन्।

यता बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'ओ माइ गड २' पनि आजदेखि नै प्रदर्शनमा आएको छ।  

ओ माइ गड २ ले आठ करोड भारुको ओपनिङ गर्न सक्ने अनुमान भारतीय सञ्चार माध्यमहरुले गरेका छन्।  

सन् २०११ को हिट फिल्म ‘ओह माइ गड’को दोस्रो शृंखलामा अक्षयका साथै पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका छ। फिल्मलाई अमित रायले लेखन तथा निर्देशन गरेका हुन्।

प्रकाशित: २६ श्रावण २०८० ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App