२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

मदन पुरस्कारका लागि छानिए पाँच उत्कृष्ट कृति

तस्बीरः कुन्दन दिक्षितकाे फेसबुकबाट

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार – २०७९’ का लागि पाँच  उत्कृष्ट कृतिहरू छनौट गरेको छ। गुठीलाई प्राप्त ३१३ पुस्तकहरू मध्येबाट  पाँच  उत्कृष्ट छनौट गरिएको गुठीले जनाएको छ।  

अब ति पाँच पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष २०७९ को मदन पुरस्कार अर्पण गरिने छ।छनौट गरिएका पाँच कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय विष्टको माटाको घर रहेका छन्।      

वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले चार लाख राशी भएको मदन पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको छ।  

प्रकाशित: २४ श्रावण २०८० ०३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App