५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

फिल्म ‘रावायण’ मा अनमोल र नीतिको जोडी

फिल्म  ‘रावायण’ मा अनमोल केसीसंग नीति शाहले जोडी बाध्ने भएकी छिन्।

सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म रावायणमा मुख्य अभिनेत्रीको रुपमा नीति जोडिएकी हुन्। यसअघि रावायणमा मुख्य अभिनेताको रुपमा अनमोल केसी जोडिसकेका छन्।

फिल्मको छायांकन भदौदेखि हुँदैछ। नीतिले यसै फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन्। यसअघि उनी केही फिल्ममा जोडिए पनि उनको फिल्म बन्न सकेको छैन्।

रावायणको लेखन भने शिवं अधिकारीले गरिरहेका छन्।

प्रकाशित: १९ श्रावण २०८० ०९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App