१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

चिजकुमार श्रेष्ठको ‘यात्रा आफैँभित्र’ लोकार्पण

नेपाली कांग्रेसका नेता एवं लेखक चिजकुमार श्रेष्ठको ‘यात्रा आफैँभित्र’ शीर्षकको कृति सार्वजनिक भएको छ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गरेका हुन। कार्यक्रममा ‘राष्ट्र देवोः भव र वीर गोर्खाली अमर छ’ बोलका राष्ट्रिय गीतसमेत सार्वजनिक गरिएको छ।

कृतिमा जीवनको अर्थ, औचित्य र यात्रा तथा अर्थनीतिजस्ता विषयवस्तु समेटिएका छन्। पुस्तकमा जीवनदेखि निराश भएका तथा जाँगर र जोशले भरिपूर्णयुवालाई प्रेरित गर्ने विषयवस्तु रहेको पुस्तकका समीक्षक सुदर्शन खतिवडा र डा नवराज लम्सालले बताए।

सो अवसरमा सहभागी वक्ताले विधिको शासन, लोकतन्त्र र सुशासनका लागि लामो समयसम्म योगदान दिने त्यागी लेखक श्रेष्ठजस्ता योग्य व्यक्तिलाई राजनीतिक दलले उचित स्थान र जिम्मेवारी दिन कन्जुस्याइँ गरेको बताए।

बालपन, किसुनजीको आमसभामा वामपन्थीको अवरोध, ट्र्याक्टरमा गिरिजाबाबुको धादिङ भ्रमण, चाक्सिबारीमा महासम्मेलन र जनआन्दोलन, नयाँ पुस्तामा नेतृत्व, यस्तै रहेछ राजनीतिसहित ३३ शीर्षकमा विभिन्न विषयवस्तु समेटिएको रु चार सय मूल्य राखिएको  कृति दुई सय १६ पृष्ठको छ।

प्रकाशित: ३० असार २०८० १४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App