१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

अलबिदा रबिन दाइ

ठिकै छ, कुदम हाम्रो कत्ति राम्रो गाडी,

खुसीले बस्छु, भित्र चारतले घर,

जाडो लाग्यो अंगहरू, बिजुलीको तातोपानी,

जेसुकै चाहियो, निकालौं हाम्रो नेपाली रूपैयाँ,

आज मलाई उन्नति भयो, खेल्यो हाम्रो जिन्दगी

भनन मलाई कहाँ खेल्ने, हाम्रा केटाकेटी...

गायक रबिन तामाङलाई श्रद्धाञ्जली दिन आइतबार संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान (नाफा) मा भेला भएका कलाकार र शुभचिन्तक एकै स्वरमा गाउँदै थिए। मुक्ति एन्ड रिभाइभल ब्यान्डका फ्रन्टम्यान तथा गायक मुक्ति शाक्यले हातको इशारापछि सबैजना रोकिए र ‘रविन एन्ड द न्यु रिभोल्युसन’ को अर्को गीत एकसाथ गाउँदै गायक तामाङको अन्तिम बिदाइ गरे। त्यसअघि उनीहरूले नाफाको प्रांगणमा राखिएको गायक तामाङको पार्थिक शरीरलाई फूलमाला र खादासहित श्रद्धाञ्जली अर्पण गरेका थिए। उनको शवलाई स्वयम्भूमा अन्त्येष्टि गरिएको थियो। सन् १९६३ को अप्रिल २५ मा सिंगापुरमा जन्मिएका गायक तामाङको असार २० गते बुढानीलकण्ठस्थित निवासमा निधन भएको थियो।

देशभर सशस्त्र द्वन्द्व चर्किरहँदा राजधानी काठमाडौंमा मौलिक नेपाली शैलीमा रक एन्ड रोल गीत संगीतको स्वाद युवा पुस्तामाझ पस्कन जुट्दै थियो। युवा पुस्तामाझ मौलिक नेपाली शैलीमा रक एन्ड रोल गीत संगीतको स्वाद दिन जुटेका ‘रविन एन्ड द न्यु रिभोल्युसन’ का गायक तामाङ नेपाली रक गीतका ट्रेन्ड स्थापित गर्ने कलाकारका रूपमा परिचित छन्।

देशभर सशस्त्र द्वन्द्व चर्किरहँदा राजधानी काठमाडौंमा मौलिक नेपाली शैलीमा रक एन्ड रोल गीत संगीतको स्वाद युवा पुस्तामाझ पस्कन जुट्दै थियो।

नेपाली मौलिक शैलीमा रक एन्ड रोल गीत संगीतको ट्रेन्ड स्थापित गर्न दुई दशकदेखि सक्रिय गायक तामाङ (रबिन दाई) पछिल्लो समय अभिनयमार्फत आफ्ना शुभचिन्तकसँग जोडिएका थिए।

सशस्त्र द्वन्द्व उच्च विन्दुमा पुगेका बेला युवा पुस्ता अध्ययनको सिलसिलामा विदेश जाने क्रमको सुरुवात हुँदै गर्दा रबिनले उनीहरूलाई रक एन्ड रोल विधामा आकर्षित गर्न राजधानीको ठमेलमा ‘ब्याम्बो’ नामक लाइभ म्युजिक क्लब स्थापना गरे। त्यहाँ उनले रबिन एन्ड लुजः ब्यान्डमार्फत रक एन्ड रोल गीत संगीत प्रस्तुत गर्ने र नयाँ ब्यान्डलाई अवसर दिने गतिविधिलाई तीव्रता दिए। गायक मुक्ति शाक्य, ‘अल्बाट्रस’, ‘कभवेब’ र ‘मंकी टेम्पल’ जस्ता नेपाली रक एन्ड रोल विधा संगीतमा स्थापित कलाकार र ब्यान्डहरू सोही क्लबमार्फत स्थापित भएका हुन्।

नेपाली मौलिक शैलीमा रक एन्ड रोल गीत संगीतको ट्रेन्ड स्थापित गर्न दुई दशकदेखि सक्रिय गायक तामाङ (रबिन दाई) पछिल्लो समय अभिनयमार्फत आफ्ना शुभचिन्तकसँग जोडिएका थिए।

सन् १९९० को दशकमा युवा पुस्तालाई रक एन्ड रोल विधामा नेपाली संगीत प्रस्तुत गर्न प्रोत्साहन गर्ने गायक तामाङ ब्रिटिस आर्मी बुबा र नर्स आमाका कान्छा सन्तान थिए। ब्रिटिस आर्मीका सन्तान उनको बाल्यकाल सिंगापुर, हङकङ, ब्रुनाई र बेलायतमा बित्यो। जिमी हेन्ड्रिक्स र डिप पर्पलजस्ता रक ब्यान्डका गीत सुनेर हुर्किएका उनीले स्कुले जीवनमा ‘एफ ट्रुप’ ब्यान्ड खोलेर गीत प्रस्तुत गर्न लागिपरेका थिए।

उच्च शिक्षा अध्ययनका लागि क्यानडाको युनिभर्सिटी अफ टोरोन्टोबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरे। झन्डै १७ वर्ष क्यानडामा रहँदा उनी रेस्टुरेन्ट सञ्चालन गरेर आफ्नै ब्यान्डमार्फत प्रस्तुति दिन्थे। सन् १९९६ मा ३ महिनाको छुट्टीमा नेपाल घुम्न आएका उनीले एक वर्षको अन्तरालमा फेरि नेपाल फर्किएर ‘ब्याम्बो’ सञ्चालनमा ल्याएका थिए।

‘नेपाली मौलिक शैलीलाई रक एन्ड रोलमार्फत स्थापित गराएर रबिनले नेपाली संगीतमा क्रान्ति ल्याए’, गायक मुक्ति शाक्य भन्छन्, ‘उनका गीतहरू युवा पुस्तालाई रक म्युजिक र ब्यान्डप्रति आकर्षित गर्न सफल छन्।

सन् १९९० को दशकमा युवा पुस्तालाई रक एन्ड रोल विधामा नेपाली संगीत प्रस्तुत गर्न प्रोत्साहन गर्ने गायक तामाङ ब्रिटिस आर्मी बुबा र नर्स आमाका कान्छा सन्तान थिए।

नेपाली मौलिक शैलीमा पनि रक गीत बन्छन् भन्ने टे«न्डलाई उनले स्थापित गरिदिएका छन्।’ व्यावसायिक संगीत सुरु नभएको अवस्थामा ‘कभवेब’, ‘नमस्ते’ र ‘एक्स’ ब्यान्डहरू जुट्दै गर्दा उनी ‘रबिन एन्ड लुजः’ लाई स्थापित गर्न जुटेका थिए। ‘रबिन एन्ड लुजः’ को डेब्यु एल्बमसहित उनले ‘आधुनिक आँगनमा’ र ‘भूलमा भुल्यौ’ एल्बम ल्याएर चार वर्षको सहकार्य टुटाए।

सन् २००६ मा उनले ‘रविन एन्ड द न्यु रिभोल्युसन’ ब्यान्ड खोले र सोमार्फत ‘केटाकेटी’, ‘हाम्रो देश’, ‘थटिन थाउजेन’ र ‘मुगलान’ एल्बम ल्याए। उनका ‘आधुनिक आँगनमा’, ‘केटाकेटी’, ‘भूलमा भुल्यौ’, ‘नेपाल’, ‘चिसो चिसो हावामा’, ‘जति माया लाया पनि’, ‘एकता’ र ‘दम मारो दम’ जस्ता गीत चर्चित छन्।

प्रायः कालो जिन्स र ज्याकेटमा देखिने ६ फिट अग्ला उनी रकस्टार मात्र नभएर फेसन आइकनसमेत थिए। रक गीतमार्फत उनले सामाजिक विषयवस्तु र अधिकारलाई बुलन्द बनाएका थिए।

फ्रान्सेली नागरिक हेलेन जुलियसँग विवाह गरेका उनका तारा र जाड दुई सन्तान छन्। जुलियसँग सम्बन्ध विच्छेद भएपछि उनी नेपालमा संगीत र अभिनय यात्रामा सक्रिय भएका थिए। सन् २०१३ मा निगम श्रेष्ठले निर्देशन गरेको ‘छड्के’ फिल्मबाट उनले अभिनयमा डेब्यु गरेका थिए।

प्रायः कालो जिन्स र ज्याकेटमा देखिने ६ फिट अग्ला उनी रकस्टार मात्र नभएर फेसन आइकनसमेत थिए। रक गीतमार्फत उनले सामाजिक विषयवस्तु र अधिकारलाई बुलन्द बनाएका थिए।

झन्डै १० वर्षको अन्तरालमा उनले ‘चिसो एस्ट्रे’, ‘मुखौटा’, ‘नाका’ र ‘छड्के २’ लगायत डेढ दर्जन फिल्ममा अभिनयसमेत गरिसकेका छन्। उनले भारतीय वेब सिरिज ‘द लास्ट आवर’ मा समेत अभिनय गरेका छन्।

प्रकाशित: २५ असार २०८० ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App