९ माघ २०८२ शुक्रबार
image/svg+xml
कला

लेखकहरुले पाउने पुरस्कारमा राज्यले कर लगाउन हुँदैनः बैरागी काँइला

कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा) ले लेखकहरुले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताएका छन्।

मंगलवार गोरखापत्र संस्थानले प्रकाशन हुने मधुपर्कको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वकुलपति काँइलाले यस्तो बताएका हुन्।

उनले लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कार भिन्नता रहेको भन्दै पुरस्कारमा कर लगाउनु उचित नभएको बताए।

उनले पारिश्रमिक नियमित हुने भएको भन्दै पारिश्रमिकलाई ऐन बमोजिमको कर लगाउनु राम्रो हुने उल्लेख गरे। लेखकले ५० वर्षपछि एक पटक पाउने पुरस्कारमा आयकर काटेर पुरुस्कार दिन नहुने उनको भनाइ थियो।

उनले सरकारले आयकर लगाउने नियमित आम्दानीमा भएको भन्दै पुरस्कारमा कर लगाउन नहुने जिकिर गरे। उनले अहिलेसम्म आफूले पाएको पुरस्कारमा तोके बमोजिम नै पुरस्कार पाएको भन्दै पुरस्कार दिने संस्थानहरुले अब विचार गर्नुपर्ने बताए।

उनले पुरस्कार घोषणा भए बमोजिमको पुरस्कार पाउनुपर्ने बताए। उनले अब सरकारलाई लेखकहरुले कर १५ वा २५ प्रतिशत कति तिर्नुपर्ने हो ? भन्दै प्रश्न समेत गरे।

लेखकले लेखेको लेख कुनै पत्रिकाले छाप्यो ३ सय रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काट्ने गरेको बताउदै उनल यो अवस्थाबाट आम नेपाली लेखकहरु पीडित रहेको सुनाए। नेपाली लेखकहरुले लेखेर ठूलो रकम पाउन सकिन्न भन्ने थाहा पाएर कतै गुनासो नगरेको उनको भनाइ थियो।

मधुपर्कको ५६ औं वार्षिकोत्सवको अवसरमा मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मान वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ आख्यानकार पुष्कर लोहनी र छन्द कवि प्रभा भट्टराईलाई सम्मान गरिएको छ।

गोरखापत्र संस्थानको मासिक प्रकाशन मधुपर्कले विगत २२ वर्षदेखि हरेक वर्ष स्रष्टाहरूलाई सम्मान प्रदान गर्दै आएको छ। मधुपर्क सम्मान २०८० (पद्य), वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ र मधुपर्क सम्मान, २०८० (गद्य) वरिष्ठ आख्यानकार एवं समालोचक पुष्कर लोहनीलाई प्रदान गरिएको छ।

प्रकाशित: ३० जेष्ठ २०८० ०९:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App