coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

चलचित्र निर्माण घट्दो

अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण संख्या घट्ने भएको छ। गत वर्षको तुलनामा यस वर्ष छायांकन भइरहेको चलचित्रको संख्या कम देखिन्छ। त्यसो त पानी पर्ने समय भएकाले पनि यो समयमा ‘स्टुडियो’भन्दा बाहिर छायाङ्कन सहज हुँदैन। यद्यपि संख्याकै हिसाबमा पनि कम देखिएको निर्माताको छाता संगठन नेपाल चलचित्र निर्माण संघका अध्यक्ष नवल खड्काले बताए।

उनले भने, ‘अहिले अन्य क्षेत्रमा समेत मन्दी देखिएको छ। चलचित्र त्यसबाट अछुतो छैन। सबैभन्दा पहिले गाँस, बास र कपास हो। त्यसपछि मनोरञ्जन आउँछ।’

यस अगाडि पनि चलचित्र निर्माणमा लागत बढिरहेको सन्दर्भमा निर्माता संघले चिन्ता व्यक्त गरेको थियो।

अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण संख्या घट्ने भएको छ। गत वर्षको तुलनामा यस वर्ष छायांकन भइरहेको चलचित्रको संख्या कम देखिन्छ।

‘निर्माण लागत विविध कारणले बढिरहेको छ। बजारबाट न्यूनतम आउने व्यापारको कुनै मापन नै छैन’, उनले भने। निर्देशक ज्ञानेन्द्र देउजाले अहिले बजार बुझ्न सहज नरहेको बताए।

 ‘पहिला चलचित्र निर्माण भएर प्रदर्शन हुँदा यतिसम्म लगानी फिर्ता हुन्छ भन्ने अनुमान गर्न सकिन्थ्यो। हामीले राख्ने कलाकारकै कारण वितरकबाट उठ्ने लागत पनि थियो। अहिले त्यो छैन’, निर्देशक देउजाले भने। उनी पनि चलचित्रको पटकथामा व्यस्त छन्।

चलचित्र व्यवसाय मात्र होइन, निर्माण पनि घट्न थालेको छ। अहिले भने ‘ह्यासट्याग माया’, ‘दिमाग खराब’, ‘देववाणी’ लगायत केही चलचित्र छायांकनमा छन्। केही निर्माता पर्ख र हेरको अवस्था रहेको बुझिन्छ। आउँदो भदौबाट सम्भावना बोकेका नेपालीसँगै विदेशी चलचित्र प्रदर्शन हुँदैछन्। तिनले गर्ने व्यापारले पनि चलचित्र क्षेत्रको मार्गनिर्देश गर्ने नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बताए।

चलचित्र व्यवसाय मात्र होइन, निर्माण पनि घट्न थालेको छ। अहिले भने ‘ह्यासट्याग माया’, ‘दिमाग खराब’, ‘देववाणी’ लगायत केही चलचित्र छायांकनमा छन्।

‘अहिले चलचित्र भवनमा धेरै तथ्य बुझेर आउने गरेको पाएको छु। चलचित्र हेर्न जाउँ भनेर आइहाल्ने दर्शक कम हुनुहुन्छ’, उनले भने, ‘दशैं आसपासका चलचित्रले राम्रो व्यापार गरेमा निर्माणमा तीव्रता आउने छ।’

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरण अनुसार गत वर्ष २०७९ सालमा नेपाली ५२ चलचित्र प्रदर्शन भएका थिए।  

प्रकाशित: २२ जेष्ठ २०८० ०५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App