यतिबेला खप्तडको आकाश खुलेको छ। फराकिला पाटनहरूमा हरियाली छाएको छ। त्यहीं अनेक रङका भुइँफूल फुलेका छन्। यस्तै भिन्नभिन्न रङका लालीगुराँस लगायतका रुख फूलहरूले झन् खप्तडको दृश्यमा अनुपम कोलाज थपेका छन्।
यही समयको वातावरण वन्यजन्तु र वनस्पतीहरूका लागि उपयुक्त मानिन्छ। उनीहरूको जीवनमा त्राण आएसँगै उनीहरूको आवाज र चिरबिरले सिङ्गो भूगोल गुञ्जयमान पार्छन्। यस्तै खप्तडको सेरोफेरोमा रहेका असंख्य तालतलैयाहरूभित्रको संसारमा पनि सक्रिय जीवन सुरु हुन्छ। यसरी हिउँदको कठ्याग्रिँदो ठण्डीमा मुर्झाएको खप्तडको जैविक विविधतामा यो सिजनले उत्सव ल्याउँछ।
यतिबेला खप्तडमा जैविक विविधता र वातावरणको मात्रै उत्सव छैन, मानवीय उपस्थितिमा पनि एकपछि अर्कोगरी उत्सवको वातावरण छ। भर्खरै गंगा–दशहरा मेला सम्पन्न भएको छ। जसमा हजारौं श्रद्धालु भक्तजनहरूले मेला भरेर फर्किएका छन्।
धार्मिक आस्थाकै रूपमा खप्तडलाई ग्रहण गर्नेहरूका लागि सुदूरपश्चिम प्रदेश सरकारको अगुवाइमा आगामी साता ‘अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन’को आयोजना हुँदै छ। जसमा प्रसिद्ध योगगुरु रामदेवसहितका ऋषिमहर्षिहरू आउने कार्यक्रम तय गरिएको छ। यसबाहेक खप्तडको पर्यावरणीय सुन्दरता र जैविक विविधताको रसास्वादन गर्न चाहनेहरू सयौंका दरले दिनहुँ ओहोरदोहोर गरिरहेका छन्। जसले खप्तडमा चकाचौंध छाएको छ।
सहज खप्तड यात्रा चाहनेका लागि वैशाख–जेठ सबैभन्दा उपयुक्त सिजन मानिन्छ। यो सिजनमा हिउँ पूर्ण रूपमा पग्लिसकेको हुन्छ। धेरै वर्षा पनि हुँदैन। यतिबेला खप्तडमा अत्यधिक चिसो पनि हुँदैन।पर्यावरणीय र जैविक विविधताका रूपमा खप्तडको जति महत्व छ, त्योभन्दा पनि धार्मिक महत्व अधिक छ।
‘जेठ १६ गते सम्पन्न गंगा दशहरा मेलामै हजारौं दर्शनार्थीले मेला भरेर गइसके। खप्तड घुम्न चाहनेहरूका लागि उपयुक्त सिजन पनि यही हो,’ खप्तडको मध्यवर्ती क्षेत्रमा पर्ने डोटीको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय भन्छन्, ‘त्यसैले अहिले खप्तड क्षेत्रमा भित्रिने र बाहिरिने पर्यटकको संख्या गनिसाध्य हुन्न।’
पर्यटन व्यवसायी दीपकबहादुर खड्काका अनुसार खप्तड क्षेत्रमा पर्यटकको चाप अत्यधिक छ। ‘खप्तड जान डोटी, अछाम, बझाङ र बाजुरातिरबाट मार्गहरू छन्। यी सबै बाटाबाट दिनहुँ सयौं पर्यटक ओहोरदोहोर गरिरहेका छन्,’ खड्का भन्छन्।
सहज खप्तड यात्रा चाहनेका लागि वैशाख–जेठ सबैभन्दा उपयुक्त सिजन मानिन्छ। यो सिजनमा हिउँ पूर्ण रूपमा पग्लिसकेको हुन्छ। धेरै वर्षा पनि हुँदैन। यतिबेला खप्तडमा अत्यधिक चिसो पनि हुँदैन। हिउँ पूर्ण रूपमा पग्लिसकेको र वर्षा पनि अत्यधिक नहुने भएकाले यो समयमा खप्तडको जमिनभित्र पानीको मात्रा घटेर दलदल कम हुन्छ। जसले हिँडडुल सहज बनाउँछ। यसकारण यो सिजनमा खप्तड घुम्नेहरूको ताँती लाग्छ।
सहज खप्तड यात्रा चाहनेका लागि वैशाख–जेठ सबैभन्दा उपयुक्त सिजन मानिन्छ। यो सिजनमा हिउँ पूर्ण रूपमा पग्लिसकेको हुन्छ। धेरै वर्षा पनि हुँदैन।
पर्यटकहरूले यही सिजनमा खप्तड यात्रा बढी गर्ने एकमात्र कारण उपयुक्त र सहजता मात्रै भने होइन। पर्यावरणीय र जैविक विविधताका रूपमा जति खप्तडको महत्व छ, त्योभन्दा अधिक धार्मिक महत्व पनि छ।
मेला–सम्मेलनको रौनक
खप्तडमा पर्यटकहरूको गतिविधि बढ्नुमा यस सिजनमा भइरहेका मेला महोत्सवको पनि विशेष हात छ। भर्खरै गंगा–दशहरा मेला सम्पन्न भएको छ, जुन हरेक वर्ष ज्येष्ठ शुक्लपक्ष दशमीका दिन खप्तडमा लाग्छ। परापूर्वकालदेखि नै आसपासका बासिन्दाले यो मेला भर्दै आएका छन्।
यही मेलाका अवसरमा स्थानीय संघसंस्थाहरूले वर्षाै देखि विभिन्न प्रकारका थप मेलामहोत्सवको आयोजना गर्दैआएका छन्। यसवर्ष डोटी उद्योग वाणिज्य संघ र नेपाली सेनाको सहकार्यमा विभिन्न सांस्कृतिक तथा खेलकुदजन्य प्रतियोगिताहरू आयोजना भएका छन्। जसमा देउडागीत प्रतियोगिता, घोडा दौड प्रतियोगिता, भलिबल प्रतियोगिता र महत्वपूर्ण इभेन्टका रूपमा खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता आयोजना गरिएको छ।
यस्तै खप्तड क्षेत्रको धार्मिक महत्वलाई प्रवद्र्धन गरी अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न खप्तड क्षेत्र पर्यटन विकास समितिले पहिलो पटक खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आयोजना गरिरहेको छ। जसको संयोजन प्रदेश सरकारले गरिरहेको छ।
यही जेठ २३ गतेदेखि २५ गतेसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन्। सम्मेलनमा भारतका चर्चित योगगुरु रामदेव र उनका सहयोगी बालकृष्णसमेत सहभागी हुने कार्यक्रम छ। यही सम्मेलनमार्फत खप्तडको विकासका लागि ऐतिहासिक कार्यक्रमको घोषणा गर्ने सुदूरपश्चिम प्रदेश सरकारको तयारी छ।
यस्तै खप्तड क्षेत्रको धार्मिक महत्वलाई प्रवद्र्धन गरी अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न खप्तड क्षेत्र पर्यटन विकास समितिले पहिलो पटक खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आयोजना गरिरहेको छ।
‘खप्तड सुदूरपश्चिम प्रदेशको ताज हो। हामीले यसको सही सदुपयोग गर्नसके यसैबाट हामी मनग्य आम्दानी गर्नसक्छौं,’ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भन्छन्, ‘त्यसैको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न हामीले यो सम्मेलनको आयोजना गर्न गइरहेका छौं। यही सम्मेलनबाट खप्तडको विकासमा ऐतिहासिक निर्णय गर्ने हाम्रोतयारी छ।’
बहुआयामिक महत्व
पर्यटकहरूले यो सिजनमा खप्तड यात्रा बढी गर्नुको कारण सहजता र धार्मिक मेला–महोत्सव हो। तर, खप्तडको महत्व भने यही सिजन वा सीमित कारणमा भने समेट्न नमिल्ने दिपायल सिलगढी नगरपालिकाका मेयर बाजीसिँह खड्का बताउँछन्। ‘खप्तडलाई हामीले कुनै एक कारण वा एक दृष्टिकोणबाट मात्रै हे¥यौं भने अन्याय हुन्छ। यसको महत्व बहुआयामिक र निकै गहिरो छ,’ उनी भन्छन्, ‘धार्मिक, सांस्कृतिक, पर्यावरणीय, जैविक विविधता, जलसम्पदा आदि यावत् दृष्टिकोणबाट खप्तडलाई हेर्न र अध्ययन गर्न जरुरी छ।’
धार्मिक दृष्टिकोणबाट हेर्दा विभिन्न धर्मग्रन्थहरूमा खप्तडमा महिमा वर्णन गरिएको जानकारहरू दाबी गर्छन्। स्कन्धपुराणको मानसखण्डमा खप्तड र त्यहाँ देवताहरूले गरेको क्रीडाको बयान गरिएको छ। यसकारण धार्मिक हिसाबले खप्तड महत्वपूर्ण तीर्थ मानिन्छ। मानसखण्डमा ‘खेचराद्री’ पर्वतका नामले खप्तडलाई परिचय दिइएको छ। सोही ‘खेचर’ शब्द अपभं्रश हुँदै खप्तड भएको किम्वदन्ती छ। पौराणिक कालमा मायावी शक्ति भएका देवीदेवताहरू गगनचरीको भेष धारण गरी खप्तडको आकाशमा रमाउने आर्षपुराणमा उल्लेख छ। यस्तै देवीदेवता एवं सिद्धहरूको क्रीडास्थल खप्तड ऋषिमुनिहरूको पनि तपोभूमि बनेको धर्मग्रन्थहरूमा वर्णन गरिएको छ।
धार्मिक दृष्टिकोणबाट हेर्दा विभिन्न धर्मग्रन्थहरूमा खप्तडमा महिमा वर्णन गरिएको जानकारहरू दाबी गर्छन्। स्कन्धपुराणको मानसखण्डमा खप्तड र त्यहाँ देवताहरूले गरेको क्रीडाको बयान गरिएको छ।
द्वापरयुगमा कुरुक्षेत्रको युद्धपछि धर्मराज युधिष्ठिरसहित पाण्डवहरू खप्तड आएर आफ्ना आफन्तको मृतात्माको शान्तिका लागि तर्पण गरी मोक्ष दिलाएका र यही बाटोबाट आफू पनि स्वर्ग गएको धर्मशास्त्रमा उल्लेख गरेको जानकारहरू बताउँछन्।
समुन्द्र सतहदेखि करिब ३ हजार ३ सय मिटरमाथि तीनवटा नदीको त्रिवेणी छ। जहाँ सहस्रलिङ्गबाट बगेर आउने सोलिङ खोला (गंगा), डाँफेकोटबाट बगेर आउने डाँफेकोट खोला (यमुना) र प्राचीन धर्मशाला मुन्तिरबाट गुप्त बगेर आउने सरस्वती नदीको संगम छ। यसैलाई खप्तड त्रिवेणी भनिन्छ। यही त्रिवेणीधाममा मनकामना मन्दिर छ। जसमा गणेश, अन्नपूर्ण, शिवशंकर र बसाइका मूर्तिहरू छन्। यही ठाउँमा पाण्डवहरूले आफ्ना पितृको तर्पण गरेको बताइन्छ।
यही मान्यताअनुसार खप्तडको आसपास क्षेत्रका बासिन्दाले गंगा–दशहरा मेलाका अवसरमा मेला भरेर आफ्ना पितृको तर्पण गर्छन्। खप्तडमै रहेका सहस्रलिङ्ग, केदार ढुङ्गा, नागढुङ्गा, भुदेउ ढुङ्गालाई शिवप्रतिमा मानेर पूजाआराधना गर्ने प्रचलन छ।
यही खप्तडमा भारतबाट आएका सच्चिदानन्द सरस्वती (खप्तडबाबा)ले ५० औं वर्ष साधना गरेर बिताएका थिए। उनले यही खप्तडमा बसेर धर्म विज्ञान, विचार विज्ञानलगायतका दर्जनौं प्रसिद्ध कृतिको रचना गरेका थिए।
समुन्द्र सतहदेखि करिब ३ हजार ३ सय मिटरमाथि तीनवटा नदीको त्रिवेणी छ। जहाँ सहस्रलिङ्गबाट बगेर आउने सोलिङ खोला (गंगा), डाँफेकोटबाट बगेर आउने डाँफेकोट खोला (यमुना) र प्राचीन धर्मशाला मुन्तिरबाट गुप्त बगेर आउने सरस्वती नदीको संगम छ।
धार्मिक आस्थाको केन्द्रका साथसाथै खप्तड सुदूरपश्चिमेली लोक संस्कृति, साहित्यको जीवित संग्रहालय पनि हो। खप्तडमा लाग्ने गंगा दशहरा मेलामा सुदूरपश्चिम पहाडको मौलिक संस्कृति एकीकृत रूपमा प्रस्फुटन हुन्छ।
मेलामा देउडा, मांगल, फागजस्ता लोकसंस्कृति झल्काउने दृश्यहरू देख्न पाइन्छ। यसबाहेक पहाडका चारवटा जिल्लाको एक संगम भएकाले सबै ठाउँको संस्कृति भाषा, भेषभूषा पनि उक्त मेलामा देख्न पाइन्छ।
यस्तै खप्तड प्राकृतिक रूपमा पनि निकै विशिष्ट र सुन्दर ठाउँ मानिन्छ। डोटी, बाजुरा, अछाम र बझाङ गरी चार जिल्लाको भूगोलमा समेटिएको खप्तडलाई २०४२ सालमा सरकारले राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो। खप्तड समुद्र सतहबाट २४ सय मिटरदेखि ३७ सय मिटर उचाइमा अवस्थित छ।
धार्मिक आस्थाको केन्द्रका साथसाथै खप्तड सुदूरपश्चिमेली लोक संस्कृति, साहित्यको जीवित संग्रहालय पनि हो। खप्तडमा लाग्ने गंगा दशहरा मेलामा सुदूरपश्चिम पहाडको मौलिक संस्कृति एकीकृत रूपमा प्रस्फुटन हुन्छ।
यही खप्तडमा रहेका २२ दह (तालतलैया), ५२ पाटन (घासेमैदान)को क्षेत्र भनेर चिनिन्छ। खापर दह सबैभन्दा ठुलो ताल मानिन्छ। पाटनहरूको क्षेत्रफल भने निकै फराकिलो गरी फैलिएको पाइन्छ। डाँफेकोट, घोडादाउने पाटन, खापर दह, बुकी दह लगायतका तमाम र मनमोहक ठाउँहरू छन्।
यस्तै खप्तडमा एकसय ३५ किसिमका फूल, चार किसिमका लालीगुराँस, लोठसल्ला, रानीसल्ला, बागबुट्टे निगालोलगायत ५६७ प्रकारका वनस्पति पाइन्छन्। नेपालमा पाइने सातसय जडिबुटीमध्ये २२४ प्रजातिका दुर्लभ जडीबुटी खप्तडमै पाइन्छन्।
राष्ट्रिय पन्छी डाँफे, मुनालसहितका २७० जातका चराचरुंगीको बासस्थान खप्तड हो। खस्रे भ्यागुता र बझाङे पागरी दुई प्रजातिका रैथाने दुर्लघ उभयचर पनि यहाँ पाइन्छन्। यस्तै कस्तुरी र हिमचितुवाको पनि बासस्थान हो खप्तड।
यस्तै खप्तडले सिजनअनुसार आफ्नो रूप फेर्ने भूगोलका रूपमा पनि पहिचान बनाएको छ। वर्षभरिका हरेक सिजनमा खप्तडको रूप भिन्न हुन्छ। अहिले साधारण रहेको खप्तडको वर्षायाममा धेरै वर्षा हुन्छ। यस क्रममा बादल र वर्षाको लुकामारी चलिरहन्छ। यही सिजनमा ‘जीवित पर्यावरणीय’ रूप देख्न पाइन्छ। यही सिजनमा खप्तडमा सर्वाधिक फूल फुल्छन्।
खप्तडमा रहेका दह (पोखरी) र पाटन (घाँसेमैदान)मा रंगीबिरंगी रूप देखिन्छ। डम्बरी, बुकी, चमेली, जाईजुही, केउणी लगायतका असंख्य फूलहरूले विचित्रको क्यानभास सिर्जना गरेका हुन्छन्। यस्तै ती फूलहरूमा डुल्ने ३ सयभन्दा बढी प्रजातिका रंगीबिरंगी चरा तथा पुतलीहरूले खप्तडको वातावरणलाई निकै आकर्षक पार्छन्।
अहिले साधारण रहेको खप्तडको वर्षायाममा धेरै वर्षा हुन्छ। यस क्रममा बादल र वर्षाको लुकामारी चलिरहन्छ। यही सिजनमा ‘जीवित पर्यावरणीय’ रूप देख्न पाइन्छ।
यस्तै हिउँदको समयमा खप्तडमा हिउँ जम्मा हुन्छ। पाटनदेखि पहाडका थुम्का, रुखका शीरदेखि पुछारसम्म जहातहीं हिउँ नै हिउँ हुन्छ। यसरी हिउँ जम्मा हुँदा खप्तड सफेद अवतारमा देखिन्छ।
यसरी टाढाटाढासम्म फराकिलो क्षेत्रमा हिउँ हेर्न चाहनेका लागि खप्तड उत्कृष्ट गन्तव्य बन्छ। यिनै हिउँका फाँटमा ‘स्की’ खेलको राम्रो सम्भावना रहेको जानकारहरू बताउँछन्। यस्तै फागुन–चैततिर हिउँ पग्लिदाँको सिजन पनि खप्तड निकै रोमाञ्चक देखिन्छ। यसरी हरेक सिजनमा आफ्नो रूप र रंग बदलिरहने खप्तड हरेक खाले पर्यटक र अध्येताका लागि भर्जिन गन्तव्य मानिन्छ। जहाँ हालसम्म पनि सबैको नजर र पाइला पुग्न सकेको छैन।
खप्तड–सिलगढी यात्रा अढाइ घण्टामै!
खप्तड पुग्न कति दिन लाग्छ? धेरैले सोध्ने प्रश्न हो यो। टाढाबाट यात्रा भर्न चाहनेहरू सिलगढी, बझाङ, अछामतर्फबाट पैदल हिँड्दा लाग्ने समय सोध्छन्। जवाफ दिनेहरूलाई पनि यसको उत्तर दिन सहज हुन्न। हिँडाइका आधारमा समय निर्धारण हुन्छ। खप्तड राष्ट्रिय निकुञ्जभित्रै हालसम्म सडक निर्माण गरिएको छैन। यसर्थ खप्तडको भ्रमण गर्दा पैदलयात्रा अनिवार्य छ। यसकारण यस्ता प्रश्न र उत्तरहरूको विनियम हुन्छ। उत्तरहरूमा एकदिन वा दुई दिनको ‘अप्सन’ खुला हुन्छ।
यो सत्यका बीच पछिल्ला दुई वर्ष नयाँ र रोचक तथ्य पनि निर्माण भएका छन्। ती तथ्यको सारांश हो– खप्तड सिलगढी यात्रा अढाई घण्टामा पूरा गर्न सकिन्छ। जसको दुरी उकालीओराली गरेर ४२ किलोमिटर छ। समुद्री सतहबाट ३३ सय मिटर उचाइदेखि १३ सय मिटरसम्मको छ।
यो यात्रालाई अढाइ घण्टामै छिचोल्ने तथ्य निर्माण भने म्याराथुन धावकले बनाएका हुन्। खप्तड गंगा दशहराका अवसरमा डोटी उद्योग वाणिज्य संघ र नेपाली सेनाको सहकार्यमा लगातार दुईवर्षदेखि ‘खप्तड–शैलेश्वरी हाइअल्टिच्युट म्याराथुन प्रतियोगिता’ आयोजना भइरहको छ। जसका धावकले यस्तो तथ्य बनाएका हुन्। यसवर्षको प्रतियोगिता जेठ १७ गते सम्पन्न भएको छ।
हिँडाइका आधारमा समय निर्धारण हुन्छ। खप्तड राष्ट्रिय निकुञ्जभित्रै हालसम्म सडक निर्माण गरिएको छैन। यसर्थ खप्तडको भ्रमण गर्दा पैदलयात्रा अनिवार्य छ। यसकारण यस्ता प्रश्न र उत्तरहरूको विनियम हुन्छ। उत्तरहरूमा एकदिन वा दुई दिनको ‘अप्सन’ खुला हुन्छ।
यही प्रतियोगिताअन्तर्गत गत वर्ष नेपाली सेनाका अमलदार सुशीलकुमार शाहीले २ घण्टा २८ मिनेट ३१ सेकेन्डमा पार गरेर पहिलो भएका थिए। यस्तै सेनाकै सिपाही नरेशसिंह बोहराले २ घण्टा ३० मिनेट ५७ सेकेन्डमा पूरा गरेर दोस्रो, अर्का सिपाही रामसिंह पालले २ घण्टा ३२ मिनेट ४३ सेकेन्डमा पूरा गरेर तेस्रो र मेल्लेक गाउँपालिका–५ अछामका सागर धामीले २ घण्टा ३५ मिनेट ४० सेकेन्डमा पार गर्दै चौथो भएका थिए।
यस वर्ष भने त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्काले निर्धारित दुरी २ घण्टा ३७ मिनेट ४६ सेकेन्डमा पार गरेर प्रथम स्थान हासिल गरेका छन् भने आर्मी क्लबकै नरेन्द्रसिंह रावतले २ घण्टा ३९ मिनेट ३४ सेकेन्डमा दोस्रो, २ घण्टा ४२ मिनेट ४४ सेकेन्डमा दुरी पार गरी कर्णाली स्पोर्टस क्लबका वीरेन्द्र पाण्डेय तेस्रो भए। यस वर्षको प्रतियोगितामा दुईजना केन्याका धावक गरी कुल ४८ जना सहभागी थिए।
यसबाहेक आयोजकहरूले गंगा दशहराका अवसरमा म्याराथुनतर्फ महिला दौड, भलिबल प्रतियोगिता, घोडचढी प्रतियोगिता र भलिबल प्रतियोगिताको आयोजना गरेका थिए।
खप्तडमा साइक्लिङ, गल्फ, स्कीलगायतका खेलको पनि सम्भावना भएकाले आगामी वर्षहरूमा ती खेलका प्रतियोगिता आयोजना गर्ने तयारी छ।
प्रकाशित: २० जेष्ठ २०८० ०३:३२ शनिबार