११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला

हावर्डको ग्राजुएटपछि श्रृंखला भन्छिन्: अब मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ

पूर्वमिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले प्रतिष्ठित अमेरिकी विश्वविद्यालय हावर्डबाट सहरी विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै हावर्डबाट पढाइ सकेको जानकारी दिएकी हुन्।

उनले इन्स्टाग्राममा लेखेकी छिन्,  ‘मैले ग्राजुएसन गरें। अब तपाईंले मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ।,’ 

त्यस्तै उनले परिवारबिना आफूले यो काम गर्न नसक्ने पनि बताएकी छिन्। शृंखलाको ग्राजुयसनमा सहभागी उनका बुबा विरोध खतिवडा र आमा मनु सिग्देल अमेरिका पुगेका छन्।

प्रकाशित: १५ जेष्ठ २०८० ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App