हालै काठमाडौंबाट पहिलो कवितासंग्रह भुइँमान्छेका कविता प्रकाशनका साथै एकल वाचन गरेर चर्चामा आएका पोखराका मजदुर कवि इन्द्र राना प्रतीक सम्मानित भएका छन्।
चित्रेभञ्ज्याङ पोखरा सम्पर्क समाजले कविता लेखन र लोकसाहित्यको प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै उनलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको हो।
पोखरामा आयोजित कार्यक्रममा हरिनाश गाउँपालिका, स्याङ्जाका प्रमुख खिमनाराण मानन्धरका हातबाट उनलाई नगद, दोसल्ला र सम्मानपत्र हस्तान्तरण गरिएको हो।
उक्त अवसरमा समाजका अध्यक्ष बुद्धिराम लम्साल, कार्यक्रम संयोजक रुद्र सन्देश मगरसहितका वक्ताले कविलाई शुभकामना दिएका थिए। कार्यक्रममा गोविन्द थापा सिञ्जालीले निर्देशन गरेका मगर संस्कृतिमा आधारित मौलिक वृतचित्र प्रदर्शन गरिएको थियो।
प्रकाशित: ८ जेष्ठ २०८० ११:३३ सोमबार