७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

नेपाली चलचित्र टुल्कीको पोस्टर सार्वजनिक

नेपाली चलचित्र ‘टुल्कीको पोस्टर सार्वजनिक भएको छ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ गते प्रदर्शन हुनु अघि  प्रचार प्रसार लागि पोस्टर तयार गरेर सार्वजनि गरिएको हो।सार्वजनिक पोस्टरमा मुख्य पात्र टुल्कीलाई  देखाइएको छ।  

‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको यसै साता गीत र ट्रेलर पनि सार्वजनिक गर्न लागिएको चलचित्रका निर्माता शेखर लामाले जानकारी दिएका छन।हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ लाई हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको हो।

चलचित्र ‘टुल्कीमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा,भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ। 

प्रकाशित: २२ वैशाख २०८० १२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App