९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेपाली चलचित्र टुल्कीको पोस्टर सार्वजनिक

नेपाली चलचित्र ‘टुल्कीको पोस्टर सार्वजनिक भएको छ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ गते प्रदर्शन हुनु अघि प्रचार प्रसार लागि पोस्टर तयार गरेर सार्वजनि गरिएको हो।सार्वजनिक पोस्टरमा मुख्य पात्र टुल्कीलाई देखाइएको छ।

पोस्टर

साहित्यकार महानन्द सापकोटा २००७ सालको क्रान्तिमा पूर्वाञ्चलमा सक्रिय थिए। क्रान्तिपछि दलहरू नै दलदलमा फस्न थालेपछि उनले कविताबाटै सन्देश दिए, “थोत्रो डेमोक्रेसी नकच्चरो छ। कम्युनिज्मको सकिएछ धाक। सोसियलिज्म त कोकले हो। खाँचो प-यो यहाँ नयाँ कुराको।”

लामो दुरीको यातायातका साधनमा निर्मलाको पोस्टर (फोटो फिचर)

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको तस्बिर अंकित पोस्टरमा लामो दुरीका यातायातका साधनमा टाँसिएको छ। काठमाडौंदेखि पश्चिम महाकालीसम्म चल्ने बसमा सोमवार युवाहरुको समूहले निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो न्याय भेटिएन’ उल्लेख गरिएको पोस्टर टाँसेका हुन्।

अधिनायकवादको यात्रा

कञ्चनपुरको महेन्द्रनगरमा निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको प्रकरणमा अपराधी पत्ता लगाउन सरकार उदासीन भइरहेका बेला सामाजिक अभियन्ताहरूले पोस्टर टाँसेर काठमाडौंका सडकमा न्यायको माग बुलन्द गर्दा सरकारले जे जस्तो रबैया देखायो, त्यसले सरकारमा अधिनायकवादी चरित्र देखाउँछ। यसरी पोस्टर टाँसेर न्यायको आवाज उठाउने अभियन्ताहरूलाई पक्राउ गर्नुका साथै टाँसिएका पोस्टरहरू जे जसरी च्यातियो, त्यो लोकतान्त्रिक सरकारका लागि सुहाउने विषय होइन।

पोस्टरमा ‘जय श्री दाम’

फिल्म ’जय श्री दाम’को अफिसियल फस्टलुक पोस्टर रिलिज गरिएको छ । फिल्मको सार्वजनिक पोस्टरमा लिड अभिनेत्री जेबिका कार्कीलाई स्थान दिइएको छैन।

पोस्टरमा छायो ‘लम्फू’

२०७५ वैशाख २८ मा रिलिज हुने नेपाली चलचित्र ‘लम्फू’को पोस्टर सार्वजनिक गरिएको छ । फिल्मले तीन फरकफरक भाव र चरित्र अटाएका पोस्टर सार्वजनिक गरेको छ ।

‘कृ’को रोमान्टिक पोस्टर

वर्षकै प्रतिक्षित फिल्मको रुपमा रहेको फिल्म ‘कृ’को रोमान्टिक फस्टलुक सार्वजनिक भएको छ । पोष्टरमा फिल्मका मुख्य कलाकार अनमोल केसी र ‘डेब्यु’ नायिका अदिती बुढाथोकीको रोमान्टिक मुडलाई देख्न सकिन्छ । अनमोलको सोलो एक्सन रुप प्रस्तुत गरिएको फस्टलुक यसअघि नै सार्वजनिक भइसकेको छ ।

‘मतपत्र सिनेमाको पोस्टरजस्तो’

भक्तपुरको बालकोट मतदान केन्द्रमा श्रीमती रमिला, छोरा मोहितवंशसँगै पुगेका हाँस्य कलाकार हरिवंश आचार्य मतपत्र देख्दा तर्सिए । अनुमान गरेभन्दा ठूलो पोस्टर देखेपछि उनलाई मतपत्र पनि सिनेमाको पोस्टरजस्तो लाग्यो । ‘मतपत्र त सिनेमाको पोष्टरजस्तै ठूलो थियो । हाम्रो देशमा दलहरू पनि धेरै भएर होला मतपत्रमा दलका चिह्न पनि उति नै बढी रैछन्,’ हरिवंशले नागरिकसँग भने, ‘नेताहरू धेरै भएपछि मतपत्रले पनि आकार ठूलो बनाएछ । पहिलाको निर्वाचनमा दल पनि थोरै थिए । त्यहीअनुसार मतपत्र पनि सानो थियो ।’ उनले मतपत्रमा रहेका दलको चुनाव चिह्नकै कारण धेरै मतपत्र खेर जान सक्ने अनुमान लगाए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्