एक छोरा एक छोरी भएको सभ्रान्त परिवार। आमा विद्यालयकी प्राचार्य। बुबा व्यवसायी। सुखी परिवार!
छोराछोरी दुवै तन्नेरी भैसकेका थिए। उनीहरूलाई केहीको अभाव थिएन। आमा समाज सेवा पनि गर्दैथिन्। नारी स्वतन्त्रताबारे गहन भाषण गर्दैथिन्।
नारीहरूको हकहितबारे आफूले सभामा बोलेको कुरा घर आएर छोरीलाई सुनाउँथिइन्। उसलाई पनि नारी स्वतन्त्रताबारे सदैव उच्च विचार राख्ने र काम गर्ने सल्लाह दिन्थिन्।
कलेज आउजाउ गर्दा एक दिन छोरीलाई एउटा स्कुटीले धक्का दियो। चालक एकजना भलादमी उनकै समवय केटा थिए। बाइक रोकेर आफू सिएको विद्यार्थी भएको र कलेज जाँदै गरेको ‘चोटपटक लागेको भए अस्पताल पु¥याउँछु भन्दै नम्रसाथ दुई हात जोडेर माफ मागे।
नारीहरूको हकहितबारे आफूले सभामा बोलेको कुरा घर आएर छोरीलाई सुनाउँथिइन्। उसलाई पनि नारी स्वतन्त्रताबारे सदैव उच्च विचार राख्ने र काम गर्ने सल्लाह दिन्थिन्।
स्कुटीले छोएको मात्र थियो। उनलाई केही भएको थिएन। ती दुई एक आपसमा आकर्षित भए र प्रेमबन्धनमा बाँधिए। ऊ सानो जातको थियो। केही समयपछि मौका हेरेर आमालाई ‘आफू एउटा असल, शिक्षित केटा तर सानो जातको सँग प्रेममा परेको र त्यसैसँग मात्र बिहे गर्छु’ भन्दा आमाले भनेकी थिइन्, ‘सानो जातसँग बिहे गर्न हाम्रो कुलघरानामा नै वर्जित छ। यसमा हामी सहमत हुदैनौं।’
बुबाआमा मानेनन् भने आफू खुशी बिहे गर्ने उनीहरूले सोचेका थिए। त्यसको केही दिनपछि कलेज जान तयार हुँदै गर्दा भाइले आमासँग भने, ‘आमा, म एउटा कुरा भन्छु,मान्नुपर्छ है। यो कुरामा तपाईले बाबालाई पनि मनाउनुपर्छ।’
स्कुटीले छोएको मात्र थियो। उनलाई केही भएको थिएन। ती दुई एक आपसमा आकर्षित भए र प्रेमबन्धनमा बाँधिए।
- कस्तो कुरा हो, भन न। तिमी त हाम्रो एक्लो छोरा, हामी मानिहाल्छौं नि। बाबालाई मनाउन गाह्रो छैन। त्यो मेरो जिम्मा। त्यस्तो कुरा के हो भन न त?
-मैले सँगै पढ्ने एउटी केटीलाई मन पराएको छु। तपाईंहरूले खोजेको नभै म त्यसैसँग बिहे गर्छु तर त्यो केटी तल्लो जातकी छ। तपाईंहरूले हुन्न भन्नुभयो भने पनि म त्यसैसँग बिहे गरेर बेग्लै बस्न जान्छु।
‘ठूलो जातको छोरा मान्छेले जे जातकी केटीसँग बिहे गरे पनि त्यसको जात झन बढ्छ। सन्तानहरू बाबुकै जातमा माथि पुग्छन्। तिमी चिन्ता नगर। हामी तिम्रो त्यही केटीसँग धुमधानसँग बिहे गरिदिन्छौं भनेको सुन्छे।’
प्रकाशित: १६ वैशाख २०८० ०५:२४ शनिबार