९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

कृषिप्रधान देशमा भोकतन्त्र चल्छ

कविता

सन्जिव कार्की

त्यसै मर्छौ,

तिम्रो खुसी घोल्न पाइँदैन

आफ्ना समस्या आफैं मार्नु,

खोल्न पाइँदैन

राज्य हो यो हुकुमवासीहरूको

डराउनुपर्छ बाबू

साना मान्छेले

स्वतन्त्र भई बोल्न पाइँदैन

यदि तिमी बोल्यौ भने

मुख थुनिदिन्छन्,

विरोधमा हिंड्यौ भने

खुट्टा काटिदिन्छन्  

गोली ठोकिदिन्छन्

किनकि यो भाषणवादीका  

शासनवादीहरूको राज्य हो बाबू

यहाँ लोकतन्त्रको नाममा

रोकतन्त्र चल्छ

निर्दोषलाई सधैं

ठोकतन्त्र चल्छ

कृषिप्रधान देशमा

भोकतन्त्र चल्छ

नेतामा सधैं

जोकतन्त्र चल्छ

किनकि यो प्रजा मारेको खुशीमा

राज्य गर्ने हुकुमवाला राजाहरूको

राज्य हो बाबू

यहाँ हेर्नेले देख्नु हुँदैन

यहाँ देख्नेले लेख्नु हुँदैन

हो, यहाँ यस्तै छ बाबू।

प्रकाशित: १५ चैत्र २०७९ ०५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App