६ वैशाख २०८१ बिहीबार
कला

प्रेम गिरी शिवको प्रेम एक्सप्रेस लोकार्पण

साहित्यसुधा नेपालले प्रेम गिरी शिवको प्रेम एक्सप्रेस आत्मवृत्तान्त लोकार्पण गरेको छ। साहित्य सुधाकी अध्यक्ष कल्पना काफ्लेको अध्यक्षता तथा डा. दामोदर पुडासैनी किशोरको प्रमुख आतिथ्यमा प्रेम गिरी शिवको प्रेम एक्सप्रेस आत्मवृत्तान्त लोकार्पण गरिएको हो।

कार्यक्रमका विशिष्ट अतिथिहरू नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक डा. तुलाराम गिरी, नेपाल सरकारका सहसचिव शरदराज आरण, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पदम विश्वकर्मा र साहित्यसुधा नेपालका सल्लाहकार कलानिधि दाहालले शुभकामना मन्तव्य दिएका थिए।

लोकार्पित आत्मवृत्तान्तका कृतिकार शिवले उमेर फुले पनि मन कोपिलै भएको बताए।

साहित्यसुधा नेपालका सल्लाहकार कलानिधि दाहालले यस्तो कृति लेख्ने मान्छे आजसम्म कहाँ हराएको भन्दै लेखन शैली प्रशंसा गरेका थिए।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक डा. गिरीले आफूले कोरोना कालमा लेखकको मीठा र उत्प्रेरक कुरा सुनेपछि आत्मवृतान्त लेख्नका लागि सुझाव दिएको बताए। यस कृतिमा सहनशीलता र पारिवारिक सम्बन्ध बढाउने सूत्र भएका कारण बुबा, आमा र छोरा भतिजा पुस्ताले एकपटक पढ्नुपर्ने बताए।

कृतिबारे बोल्दै प्रमुख अतिथि डा. पुडासैनीले आत्मवृतान्त जीवनका हरेक मोडको सहायक भूमिका रहेको बताए। उनले त्यो समय जस्तै बग्दै र भोग्दै जाने प्रक्रिया भएको र अमेरिकी लेखिकाको उदाहरण दिंदै उनले लेखेका सातौं अंक आत्मसंस्मरण सफल भएको र सो कृतिमा लेखिकाले आफ्नो जीवनको सम्पूर्ण पक्ष समेटेकाे छ।

आत्मवृतान्त जीवन उत्तरार्द्धको संयोग पनि हो। यहाँ भोगिएका हरेक कुरा महत्वपूर्ण हुने भएकाले सबैलाई नढाँटी प्रस्तुत गर्न सके त्यो आत्मवृतान्तमा न्याय हुनेछ।’

विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कवि कृष्णदेव रिमाल शब्दसेनाले कृतिको समीक्षा गरेका थिए। उनले कोही सर्वोच्च पदमा पुगेर आत्मवृतान्त लेख्छन् कोही लेखेर चर्चित हुन्छन् भन्दै कृतिको सुन्दर तरीकाले वर्णन गरेका थिए। मदनकृष्ण, हरिवंश, रुक्माङ्गद र अच्युतकृष्णहरूले चर्चित भएपछि आत्मवृतान्त लेखे। दमन तुलाधरहरू लेखेर चर्चित बने भन्ने उदाहरण दिंदै लेखकलाई पनि पुस्तककै माध्यमबाट परिचित हुन शुभकामना दिएका थिए।

रिमालले जीवनका अनुभूति, अभिभावकीय ज्ञान र पारिवारिक मेलबारे बुझ्न सबैले यो कृति पढ्नुपर्ने पनि बताएका थिए।

कार्यक्रममा कृतिकारकी धर्मपत्नी धनकुमारी गिरी, गीतकार, संगीतकार, कवि, नियात्राकार लगायत विभिन्न क्षेत्र र विधाका झन्डै ८० जनाको उपस्थिति रहेको थियो।

साहित्य सुधा नेपालका उपाध्यक्ष कवि गणेश घिमिरे मार्मिकको  स्वागत मन्तव्य तथा विद्युतकर्मी साहित्यिक समाजका सचिव कवि विष्णुप्रसाद आचार्य अतृप्तको संचालनमा कार्यक्रम भएको थियो।  

प्रकाशित: ८ चैत्र २०७९ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App