११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला

आरआरआरको गीत ‘नाटु–नाटु’ ले जित्यो ओस्कार

तेलुगु भाषामा बनेको फिल्म ‘आरआरआर’को लोकप्रिय गीत ‘नाटु–नाटु’ ले ओस्कर पुरस्कार जितेको छ। ओस्कारको मौलीक गितको क्याटोगोरीमा भारतीय गीतले पहिलोपटक यो पुरस्कार जितेको हो।  

ओस्कार एकेडेमी अवार्डसको ९५औ श्रृखला अन्तर्गत सोमबार आयोजित समारोहमा उक्त गीतले यो उपाधि हासिल गरेको हो। आकर्षक लय र कोरिग्राफीले यो गीत विश्वभर लोकप्रिय बनेको छ। यो गीतले यसअघि गत जनवरीमा गोल्डन ग्लोब र क्रिटिक्स चोइस अवार्ड पनि हात पारिसकेको छ।  

संगीत संयोजक एमएम कीरवानीले उक्त गीत ‘प्रत्येक भारतीयका लागि गौरवको विषय’ भएको टिप्पणी गरेकाछन्। यो गीतले पुरस्कार जितेपछि भारतीयले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेकाछन्। दक्षिण भारतका नेता एन चन्द्रबाबु नाइडुले ‘इतिहासमा आफ्नो स्थान सुरक्षित राखेको’भनेका छन्।  

‘यो क्षण भारतीय चलचित्रका लागि सबैभन्दा सुखद हो। झन तेलगु भाषीहरूले यो पुरस्कार पाउदा यो अझ विशेष बनेको छ,’उनले आफ्नो ट्विटरमा लेखेका छन्। पुरस्कार वितरण समारोहमा समेत उक्त गीत ‘नाटु–नाटु’गाइएको थियो। गायक काल भैरव र राहुल सिपलीगुन्जले सो गीत प्रस्तुत गर्दा दर्शकहरूले उभिएर उनीहरूप्रति सम्मान व्यक्त गरेका थिए। तेलुगु भाषामा नाटु–नाटुको अर्थ ‘नाच, नाच’ हो।  

युक्रेनी राष्ट्रपतिको भवन अगाडि छाँयांकन गरिएको यो गीतमा फिल्मका नायकद्वय राम चरण र जुनिअर एनटीआरले नाच्दै अभिनय गरेका छन्। यो गीतमा बेलायती उपनिवेशको वेला यी दुई पात्रले एक ब्रिटिस अधिकारीलाई घुँडा टेकाएको देखाइएको छ। साढे चार मिनेट लामो यो गीतमा तेलुगुभाषी राज्यहरूमा प्रचलित लोकधुन प्रयोग गर्नुका साथै अन्य किंवदन्तीका प्रसंगसमेत उल्लेख गरिएको छ ।

प्रकाशित: ३० फाल्गुन २०७९ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App