१२ असार २०८१ बुधबार
image/svg+xml
कला

सडक आश्रित मानवहरुको संरक्षण गर्न चितवनमा ‘नेपथ्य लाइभ कन्सर्ट’

चितवनमा नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ। मानव सेवा आश्रमको आयोजनामा मंसिर २५ गते नारायणगढको क्याम्पाचौरमा लाइभ कन्सर्ट हुन लागेको हो। सडक पेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले मानवताका लागि सांगीतिक यात्रा ‘कन्र्सट’ गर्न लागिएको मानव सेवा आश्रम वाग्मती प्रदेश संयोजक निता केसीले बताइन्। सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षीको उद्धार अभियानलाई थप प्रभावकारी बनाउन मानव सेवा आश्रमले नेपथ्य ब्याण्डसँग सहकार्य गरेर कन्सर्ट गर्न लागिएको हो।

देशभर एक महिनासम्म सञ्चालन हुने कन्टर्सटको पहिलो कार्यक्रम मंसिर १६ गते विराटनगरबाट सुरु भएको थियो। त्यस्तै विरगंज, हेटौँडा पश्चात चितवनमा गर्न लागिएको केसीले जानकारी दिइन्। नेपथ्य लाइभ कन्सर्टबाट धेरै मानिसहरुलाई आश्रमले गरिरकेका सेवाका बारेमा जानकारी गराउने उद्देश्य समेत रहेको उनले बताइन्। यसबाट भएको आम्दानीले मानवता प्रवद्र्धनसँगै मानवसेवा आश्रम चितवन शाखाको अपुरो निर्माण कार्यलाई पूर्णता दिन र अक्षयकोष स्थापनामा सहयोग पुग्ने अपेक्षा लिइएको छ।  

मानव सेवा आश्रमले एक दशक देखि सार्वजनिक स्थलमा भेटिएका मानिसहरुलाई उद्धार गर्दै आएको छ। मुख्य कार्यालय हेटौँडामा रहेको मानव सेवा आश्रमले २३ वटा शाखा स्थापना गरेको छ। १९ जिल्लामा यसका शाखा विस्तार भएका छन्। यहाँ हाल १ हजार ६०० जनाले आश्रित रहेका छन्। हालसम्म ७ हजार ४३६ जनालाई सेवा प्रदान गरिएको संस्थाकी महासचिव शुशिला केसीले जानकारी दिइन्। यी मध्ये २ हजार ८६७ जनाको पारिवारिक पुनर्मिलन, ६३१ जनालाई सामुदायिक पुनस्र्थापना गरिएको आश्रमको तथ्याङ्कमा उल्लेख छ। त्यस्तै २ हजार २२० जना उपचार पश्चात आश्रमबाट स्वेच्छाले बाहिरिएका छन्। ८२६ जनाको आश्रममा संरक्षणको क्रममा मृत्यु भएको छ।

प्रकाशित: १७ मंसिर २०७९ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App