प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धादिङको रुबीभ्याली गाउँपालिकाको नेबेर र हिन्दुङ मतदान स्थलबाहेक सबै ठाउँमा मतदान सुरु भएको छ।
उत्तरी धादिङको सबैभन्दा दुर्गममा रहेको यो मतदान स्थलमा भने राजनीतिक दल र तिनका प्रतिनिधिले मतदान खाना खाएर मात्रै सुरु गर्ने समझदारी गरेका हुन्।
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार अन्य सबै मतदान स्थल र केन्द्रमा मतदान सुचारु रहेको छ। दुई निर्वाचन क्षेत्र रहेको धादिङमा १ सय १४ मतदान स्थलमा ३ सय १० मतदान केन्द्र छन्।
२ लाख ७५ हजार २ सय ८० कुल मतदाता रहेको धादिङमा क्षेत्र नम्बर १ मा १ लाख ३६ हजार ६ सय ८६ र क्षेत्र नम्बर २ मा १ लाख ३८ हजार ५ सय ९४ मतदाता छन्।
त्यसमध्ये रुबीभ्यालीमा सबैभन्दा कम ९ हजार २ सय ७२ मतदाता छन्। आज भइरहेको मतदानमा क्षेत्र नम्बर १ मा २३ र २ मा २४ जना चुनावी प्रतिस्पर्धामा छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ ०८:४६ बिहीबार





