प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत इलामका दुवै निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन्।
इलाम–१ मा एमाले उम्मेदवार काजीमान कागतेले दुई हजार ८०३ मतसहित अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका निस्कल राईले दुई हजार ५८९ मतसहित पछ्याइरहेका छन्।

सुरुवातमा अग्रता लिएका श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बू भने अहिले दुई हजार ५४६ मतसहित तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विमल गदाल एक हजार २४४ मतसहित चौथो स्थानमा छन् भने नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राई ९६९ मतसहित पाँचौँ स्थानमा रहेका छन्।
यसैगरी इलाम–२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १३ हजार ७४१ मतसहित अग्रता कायम गरेका छन्। उनलाई श्रम संस्कृति पार्टीका सुदीप राईले ११ हजार ११५ मतसहित पछ्याइरहेका छन्।

नेपाली कांग्रेसका भेषराज आचार्य ७ हजार ६६८ मतसहित तेस्रो स्थानमा छन् भने रास्वपाका गोकुलबहादुर राईले चार हजार ७० मत प्राप्त गरेका छन्।
इलामका दुवै क्षेत्रमा मतगणना जारी रहेको छ।
प्रकाशित: २३ फाल्गुन २०८२ १६:५४ शनिबार





