२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

समानुपातिकतर्फ पनि रास्वपाको बढी मत

बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उल्लेखनीय सफलता हासिल गरेकोरास्वपाले समानुपातिकतर्फ पनि उल्लेख्य मत प्राप्त गरिरहेको छ। 

शनिबार बिहान ८ बजेसम्म काठमाडौंको समानुपातिक मतगणनामा रास्वपाले २६ हजार ७३ मत प्राप्त गरेको छ। हालसम्म कुल ४५ हजार २ सय ६१ मत गणना हुँदा रास्वपाले करिब ५७ प्रतिशत मत प्राप्त गरेको देखिएको छ।  

समानुपातिकतर्फ दोस्रो स्थानमानेपाली काग्रेस  रहेको छ। कांग्रेसले ८ हजार २ सय ३२ मत प्राप्त गरेको छ।  तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले  (राप्रपा)  ले ३ हजार ५ सय ७२ मत पाएको छ भने चौथो स्थानमा  नेकपा एमालेले ३ हजार ५ सय २३ मत प्राप्त गरेको छ। यस्तै श्रम संस्कृति पार्टीले १ हजार १ सय १२ मत प्राप्त गरेको छन्। 

प्रकाशित: २३ फाल्गुन २०८२ १०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App