२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

कास्की-२ मा रास्वपाका पौडेलको अग्रता कायम

प्रतिनिधिसभा सदस्य निवाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तम पौडेलले अग्रता लिएका छन्। कास्की क्षेत्र नम्बर २ मा  प्रारम्भिक मत परिणाम अनुसार हालसम्म ६१४१ मत गणना गर्दा रास्वपाका उम्मेदवार उत्तम पौडेलले ३०७० मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। 

 उनलाई नेकपा एमालेका उम्मेदवार रश्मी आचार्यले १ हजार ४ सय १४ मत प्राप्त गरेर पछ्याइरहेका छन्। त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार माधव बास्तोला मधुले ९ सय ३५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार हेमबहादुर थापाले २७६ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App