राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री भक्तपुर क्षेत्र नम्बर २ बाट विजयी भएका छन्। विजयपछि उनले आफू टुरिस्ट उम्मेदवार नभएको र भक्तपुरका जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विजय पछि सञ्चार माध्यमसगँ कुरा गर्दै उनले आफू कसैलाई हराउन नभई चुनाव जित्नकै लागि मैदानमा उत्रिएको बताए। ‘म भक्तपुरमा कसैलाई हराउन आएको होइन, जित्न आएको थिएँ। त्यही भएको हो,’ उनले भने। अब देशमा कानुनी राज्यको सुरुवात हुने समेत बताएका छन् ।
यसैबीच, महेश बस्नेतले खत्रीको राजनीतिक चरित्रको प्रशंसा गर्दै उनलाई धन्यवाद दिएका छन्। बस्नेतले देशभर रास्वपाको माहोल बनेको बताउँदै भक्तपुरका मतदातालाई समेत धन्यवाद दिए ।
प्रकाशित: २३ फाल्गुन २०८२ १४:०४ शनिबार





