६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

भक्तपुर क्षेत्र नम्बर २ मा पुरानालाई नयाँंको चुनौती

भक्तपुर क्षेत्र नं २ मा पुराना दलहरुलाई नयाँं दलहरुका उम्मेदवारले कडा चुनौती दिएका छन्। नेपाल मजदुर किसान पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायतका पुराना दलहरुलाई नयाँं दल राष्टिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम पार्टीलगायतका दलहरु टाउको दुखाईको विषय वन्न थालेका छन्। 

उज्यालो नेपाल पार्टीका तर्फबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदबार जीतराम लामा यो क्षेत्रमा आफू विजयी हुने दावी गर्छन्। स्वतन्त्र पत्रकार संघ भक्तपुरले मंगलबार उनीसँंग गरेको साक्षात्कारमा उनले यो क्षेत्रमा ठूला भनिएका दलहरुका लागि आफू टाउको दुखाई विषय बनेको दावी गरे। भक्तपुरका दुई वटा क्षेत्रमध्ये भक्तपुर क्षेत्र नं २ मा हाम्रो उपस्थितिले ठूला दलहरु डराएका छन्, उनको दावी छ। ठूला दलहरु मिडियामा चर्चामा सिमित हुने तर जित भने आफूले निकाल्ने दावी गरे । उता रास्वपा भक्तपुर क्षेत्र नं २ का उम्मेदबार राजीव खत्री पनि यो क्षेत्रमा आफूले जित निकाल्नेमा ढुक्क देखिन्छन्। हाम्रो जितलाई कसैले रोकेर रोक्न सक्दैन, उनको दावी छ।

तथापि यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदबारहरु भोट माग्ने दौदाहामा छन्। सवै पार्टीहरुले तालिका नै बनाएर घरदैलो तथा जनसभा गरिरहेका छन्। यसकारण प्रतिनिधि सभा २०८२ को निर्वाचन नजिकिँदै जाँदा भक्तपुरमा पनि चुनावी सरगर्मी तीव्र बनेको छ।

नयाँ पुस्ताका उम्मेदवारहरूले रोजगारी, सुशासन, डिजिटल पारदर्शिता, शिक्षा सुधार र स्थानीय विकासलाई मुख्य एजेण्डा बनाएका छन्। सामाजिक सञ्जालमार्फत पनि सक्रिय प्रचार–प्रसार गरिरहेका उनीहरूले परम्परागत शैलीभन्दा फरक ढंगले मतदातासँग प्रत्यक्ष संवाद बढाएका छन्। युवामाझ देखिएको उत्साहले पुराना दलहरू डराइरहेको अनुभुति यहाँं हुन्छ।

भक्तपुरका दुई वटा क्षेत्रमध्ये भक्तपुर क्षेत्र नं २ निक्कै प्रतिस्पर्धाको क्षेत्र हो । यहाँं एक हजार भन्दा कम मतले हारजित हुने आँंकलन गरिएको छ। 

भक्तपुर क्षेत्र नं २ मा यसअघिको २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका सभापति दुर्लभ थापा झण्डै २४ हजार मतले विजयी हासिल गरेका थिए। उनका निकटत प्रतिस्पर्धी एमालेका महेश वस्नेतले २३ हजार हाराहारीमा मत पाएका थिए। तेश्रो स्थानमा रहेको नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगले सात हजार हाराहारी मत पाएका थिए। राष्टिय स्वतन्त्र पार्टीका साजन विक चौथौ र राष्टिय प्रजातन्त्र पार्टी पाँंचौ स्थानमा रहेका थियो। यसकारण यो पटक यी पाँंच दलहरुमध्येमा पनि राष्टिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम सस्कृति पार्टीलगायतका केही स्वतन्त्र उम्मेदबार अगाडि वढेका छन्।

भक्तपुर क्षेत्र नं २ मा यो पटक नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, नेपाली कांग्रेसबाट कविर राणा, नेकपा एमालेबाट महेश वस्नेत, नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा दीपशिखा, राष्टिय प्रजातन्त्र पार्टीबाट विक्रम थापालगायतका पुराना दलहरुबाट प्रतिस्पर्धामा छन्। यी पुराना दलहरुलाई यहाँं राष्टिय स्वतन्त्र पार्टीका राजीव खत्री, उज्यालो नेपाल पार्टीबाट जीतराम लामा, स्वतन्त्र उम्मेदबार नवीनकुमार महतलगायतले चुनौती दिइरहेका छन्। 

प्रकाशित: ५ फाल्गुन २०८२ २०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App