३ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

लघुकथाकार गोपीराम भण्डारीको 'अवरुद्ध आवाज' लोकार्पण

सुरभि साहित्य प्रतिष्ठानले गोपीराम भण्डारीको लघुकथासङ्ग्रह 'अवरुद्ध आवाज' को लोकार्पण गरेकाे छ।

लाेकप्रिय समालोचक युवराज मैनालीको अध्यक्षता र समालोचक प्राडा खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

ग्रीनलिफ फुड पुतलीसडकमा भएकाे कार्यक्रममा गोपी मैनाली र महेश प्रसाईले पुस्तककाे समीक्षात्मक टिप्पणी गरेका थिए।

सुरभि साहित्य प्रतिष्ठानका सहसचिव मेनका पोखरेलले शब्द स्वागत गरेकाे कार्यक्रमकाे सहजीकरण संस्थाकाे सचिव अच्युत घिमिरेले गरेका थिए।

आख्यानकार नरेन्द्रराज पौडेल, साहित्यकारहरू विमल भाैकाजी, सुवासचन्द्र पाैडेल, हरिभक्त सिग्देल,खेमराज पोखरेल, लता केसी, मन्जुश्री प्रधान, दिव्य गिरी, रामप्रसाद पन्त,विष्णु पन्त लगायत को उपस्थिति थियाे।

प्रकाशित: ३ श्रावण २०८३ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App