३ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

फाइल तस्बिर

तुलसीपुरमा जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको शनिबार मृत्यु भएको हो।

गत असार ३१ गते जङ्गलबाट ल्याएको च्याउ खाँदा दुई परिवारका सात जना बिरामी परेका थिए। च्याउ खाएर बिरामी परेकामध्ये दुई जनालाई घरयासी उपचार गरिएको थियो। अन्य पाँच जनालाई अस्पताल लगिएको थियो। बिरामी परेकी दीपालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि घोराही लगिएको थियो। 

घोराहीमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जङ्गली च्याउ खाएर बिरामी परेका तुलसीपुर–३ बल्लेकी ७५ वर्षीया दशरथी पुन, उनका ३८ वर्षीय छोरा डम्बरबहादुर पुन, ३६ वर्षीय तिलक पुन, पाँच वर्षीय विपीन पुन, १२ वर्षीय विवेक पुन र सुमन बुढाथोकी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ३ श्रावण २०८३ ०६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App