अछाम निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका भरत कुमार स्वार विजयी भएका छन।
भरत कुमार स्वारले १० हजार ७ सय ५९ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्दी नेपकाका भिमबहादुर रावलले १० हजार २ सय ३३ मत प्राप्त गरेका छन।
नेकपा एमालेका दिपक बहादुर सांउद ७ हजार ३ सय ८९ मत प्राप्त गरेका छन।
प्रकाशित: २३ फाल्गुन २०८२ १६:१२ शनिबार





