प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर १ मा हरि ढकाल भारी मतान्तरसहित विजयी भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ढकालले ५८ हजार २०८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १३ हजार १३ मत प्राप्त गरे।
यसैगरी नेकपा एमालेका दावा लामाले १० हजार ८९९ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका कृष्ण पन्तले ४ हजार ८१ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम खनालले २ हजार ३०२ मत प्राप्त गरेका छन्।
ढकालले निकटतम प्रतिस्पर्धीलाई ४५ हजार १९५ मतान्तरले पराजित गर्दै चितवन–१ मा प्रभावशाली विजय हासिल गरेका हुन्।
प्रकाशित: २३ फाल्गुन २०८२ १९:३४ शनिबार




-600x400.jpg)
