८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता कायमै

तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। उपमहानगरको प्रमुखमा एमालेका टिकाराम खड्काले २४ हजार ८ सय ९१ मतले साथ अग्रता लिइरहेका छन्।

यसैगरी गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २३ हजार २ सय ६ मत प्राप्त गरेका छन्। उनीहरुबिच १ हजार ६ सय ८५ को मतान्तर छ। यसैगरी उपप्रमुखमा एमालेकै स्यानी चौधरीले २४ हजार ५ सय ७२ मतका साथ अग्रता लिइरहेकी छिन्।

यसैगरि गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३ सय ३३ मत प्राप्त गरेका छन्। उनीहरुबिच ७ हजार २ सय ३९ को मतान्तर छ । अहिले सम्म यहाँ ५९ हजार ५ सय ६३ मत गणना भएको छ।

प्रकाशित: १० जेष्ठ २०७९ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App