२० मंसिर २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

धनुषाको क्षिरेश्वरनाथमा एमाले विजयी

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार सुख देव यादव निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसको उम्मेदवार एवं निवर्तमान मेयर योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गरेका हुन्।

एमालेका उम्मेदवार यादवले ७ हजार ९१३ मत पाएका छन् भने उनको निकटतम प्रतिद्वन्दी पजियाले ७ हजार ३०० मत ल्याएका छन्। त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार रचना श्रेष्ठ निर्वाचित भएकी छिन्। उनले ७ हजार ५५० मत ल्याएकी हुन् भने उनको निकटतम प्रतिद्वन्दी सालिनी चौधरीले ७ हजार ५११ मत ल्याएर दोस्रो स्थानमा रहेकी छन्।

धनुषामा चार पार्टीको जिल्ला अध्यक्ष पराजित 

एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव सबैला नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार कारीराम यादवद्वारा पराजित भएका छन्। क्षिरेश्वरनाथ नगरपालिकामा एमालेका उम्मेदवार सुख देव यादवले नेपाली कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियारलाई पराजित गरेका हुन्।  

धनुषाधाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार बालेश्वर मंडलले माओवादी केन्द्रका अध्यक्ष दीपक यादवलाई पराजित गरेका छन्। कमला नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विशेश्वर यादवले जसपाका जिल्ला अध्यक्ष पशुपति यादवलाई पराजित गरेका छन्।

प्रकाशित: ८ जेष्ठ २०७९ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App