१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

पोखराका पूर्वमेयर थापाको निधनमा आइतबार शोक बिदा

पोखराका पूर्व मेयर कृष्ण थापाको शनिबार अन्त्येष्टि गरिएको छ। बिहीबार निधन भएका पूर्व मेयर तथा एमाले नेता थापाको आज अपराह्न थापा निवास बाटुले चौरबाट शवयात्रासहित लामाचौर हुँदै गोस्तेघाटमा अन्त्येष्टि गरिएको हो।  

अन्त्येष्टि अघि थापाको पार्थिव शरिरलाई एमाले कास्कीको पार्टी कार्यालय, पोखरा महानगरपालिका कार्यालय र थापा निवास बाटुलेचौरमा राखिएको थियो। एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ, सचिव खगराज अधिकारी, सचिव पद्मा अर्याल, पोलिटब्युरो सदस्य जगबहादुर विश्वकर्मालगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए।

थापा तत्कालीन पोखरा उप-महानगरपालिकामा २०५४–२०५९ मा मेयर भएका थिए। थापाको निधनमा पोखरा महानगरपालिकाले आइतबार शोक बिदा दिएको छ। साथै तीन दिन महानगरका सबै कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको मेयर धनराज आचार्यले जानकारी दिएका छन्।

एमाले केन्द्रीय सदस्य तथा कास्की जिल्लाका पूर्व अध्यक्ष कृष्ण थापाको बिहीबार हृदयाघात भएर निधन भएको थियो। पार्टी कार्यालय कास्कीमा प्रतिनिधिसभा सदस्यको निर्वाचन–२०८२ को समीक्षा बैठकमा बोलेर बसे लगत्तै उनलाई हृदयाघात भएको थियो। तत्कालै मनिपाल शिक्षण अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित: ३० फाल्गुन २०८२ १५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App