coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

विजय नगरपालिकामा दोहोरिए एमालेका अध्यक्ष र उपाध्यक्ष

कपिलवस्तुको विजयनगर गाँउपालिकामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्ष दोहोरिएका छन्। २०७४ को निर्वाचनमा समेत दुवैले जितेका थिए। विजयनगर गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार गोपालबहादुर थापाले ५ हजार ८ सय ३८ मत प्राप्त गरी चुनाव जिते।

उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार जानकीप्रसाद यादवले ५ हजार ३ सय ३४ मत पाए गाउँपालिकाका उपाध्यक्षमा एमालेकै लक्ष्मीकुमारी चौधरीले ४ हजार ९ सय ३० मत प्राप्त गरी चुनाव जितिन्। उनकी प्रतिस्पर्धी जसपाकी गुन्जेश्वरी कुर्मीले ४ हजार ८ सय ४९  मत प्राप्त गरिन्।

थापा र चौधरीले एमाले बाटै २०७४ सालको चुनाव जितेका थिए। ७ वडा रहेको गाउँपालिकामा ६ मा एमाले र एकमा जसपाले वडाध्यक्ष जितेको छ। यो पालिकाँंगै एमालले ३ पालिकामा जित निकालेको छ। बाणगंगा नगरपालिका र यशोधरा गाउँपालिमा एमालले जितेका हो। शिवराज नगरपालिका भने गुमाएका छ। त्यहाँ राप्रापाले जितेको छ।

प्रकाशित: ७ जेष्ठ २०७९ ०८:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App