६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
निर्वाचन विशेष

बाँकेको नरैनापुरमा जसपाका शाह र श्रीवास्तव निर्वाचित

नवनिर्वाचित गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह र उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तव।

बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार निर्वाचित भएका छन्। गाउँपालिकाका अध्यक्षमा इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तिदेवी श्रीवास्तव निर्वाचित भएका हुन्। शाह गाउँपालिकाको निर्वतमान अध्यक्ष र श्रीवास्तव निवर्तमान उपाध्यक्ष हुन्।

अध्यक्ष पदमा शाहले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामचन्द्र मौर्यलाई १३५२ मतको अन्तरले पराजित गरे। शाहले ५०३७ मत प्राप्त गरे, भने निकटतम प्रतिद्धन्द्धी मौर्यले ३६८५ मत ल्याए। तेस्रो भएकी नेकपा एमालेकी पदमा वती यादवनीले ३१२२ मत प्राप्त गरेकी छन्।

यसैगरी उपाध्यक्ष पदमा श्रीवास्तवले नेपाली कांग्रेसकी अतिकुन निसालाई २०७ मतको अन्तरले पराजित गरेकी छन्। श्रीवास्तवले ३८७९ मत प्राप्त गरिन्, भने कांग्रेसकी अतिकुनले ३६७२ मत ल्याएकी छन्। तेस्रो स्थानमा आएका नेकपा एमालेका पंचराम यादवले २८०४ मत प्राप्त गरे।

उक्त गाउँपालिकाको वडा नम्बर १ मा वडा नम्बर १ मा नेपाली कांग्रेसका इसाक जोलाह, वडा नम्बर २ मा जसपाका मसुद अहमद शाह, वडा नम्बर ३ मा जसपाका अजयकुमार मिश्र, वडा नम्बर ४ मा कांग्रेसका मनोजकुमार शर्मा, वडा नम्बर ५ मा कांग्रेसका कृष्णचन्द्र मौर्य र वडा नम्बर ६ मा पनि कांग्रेसकै प्रेमचन्द्र मौर्य निर्वाचित भएका छन्।

२०७४ को निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा कांग्रेसका मौर्य र तत्कालिन संघिय समाजवादी पार्टीका शाहबीच नै प्रतिस्पर्धा भएको थियो। त्यो बेला पनि मौर्यलाई शाहले पराजित गरेका थिए।

प्रकाशित: ७ जेष्ठ २०७९ ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App