एकै दिन सुनसरी र मोरङमा बुढ्यौली साहित्य समाज का जिल्ला समितिहरू गठन भएका छन्।
सुनसरीको इनरुवामा लीलानाथ सिलवालको सभाध्यक्षता तथा रमेशमोहन अधिकारीको प्रमुख आतिथ्यमा बनेको बुढ्यौली साहित्य समाजको अध्यक्ष श्रीप्रसाद पोखरेल, उपाध्यक्ष राधा सुवेदी, सचिव रमेन्द्र कोइराला, सहसचिव शकुन्तला मञ्जरी, कोषाध्यक्ष द्वारिकाप्रसाद पोखरेल रहेका छन्।
त्यस्तै सदस्यहरूमा लीलानाथ सिलवाल, पीपी कोइराला, शुक्रराज कुँवर, रामानन्द मण्डल र झोटन मेहता रहेका छन्।
यसै गरी विराटनगरमा विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको साहित्यकारहरूको भेलाले बुढ्यौली साहित्य समाज मोरङ गठन गरेको छ। यस समितिमा प्राडा मेदिनी शर्मा नेपाल संयोजक, भूषण ढुङ्गेल सहसंयोजक, शम्भुप्रसाद भट्टराई सचिव, सरला चापागाई कोषाध्यक्ष तथा राधिका गुरागाई, गङ्गाधर कट्टेल, लोचन रिजाल, उमानाथ सागर र बाबुराम पोखरेल सदस्यका रूपमा रहेका छन्।
मोरङको कार्यक्रममा बलराम पोखरेल, कविराज न्यौपाने, मधु पोखरेल, प्राज्ञ खेम नेपाली, प्राज्ञ गङ्गा सुवेदी तथा शिवनारायण सिङ्गलले आआफ्ना रचना सुनाएका थिए।
दुवै जिल्लाका कार्यक्रममा बुढ्यौली साहित्य समाजका रमेशमोहन अधिकारीले बुढ्यौली साहित्यबारे बताएका थिए भने जनार्दन खनालले बुढ्यौली कविता सुनाएका थिए।
प्रकाशित: ६ जेष्ठ २०८१ ०८:१५ आइतबार





