coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

वीरगञ्ज महानगरपालिकामा गठबन्धनको अग्रता

पर्साको वीरगञ्ज महानगरपालिकाको  पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार  राजेशमान सिंहले २३ हजार ८५२ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्।

नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगी १२ हजार २८९ मतसहित उनीसँग प्रतिस्पर्धामा छन्।

यसैगरी उपप्रमुख पदमा पनि गठबन्धनका उम्मेदवार  इम्तियाज आलमले  कूल १६ हजार ८६१ मतसहित अग्रतालाई निरन्तरता दिएका छन्। उपप्रमुख पदका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता पुरुषोत्तमलाल झा तीन हजार ५७६ मतसहित उनीसँग प्रतिस्पर्धामा छन्।

हालसम्म यस महानगरपालिकामा कूल ४६ हजार ३५२ मत गणना भएको  हो। महानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ। कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा  अन्य वडाहरुको मत परिमाण आउन बाँकी  छ। रासस 

प्रकाशित: ६ जेष्ठ २०७९ १३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App