१९ असार २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित

मोरङको रंगेली नगरपालिकाको मतगणना शुक्रबार पुनः स्थगित भएको छ। खसेको मतभन्दा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो।

रंगेली–७ को मतगणना गर्ने क्रममा १ सय ७ मत बढी भेटिएको हो। १ सय ७ मत बढी भेटिएपछि पुनः मतपत्र गणना गर्दा ९९ वटा मतपत्र बढी देखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रंगेलीका निर्वाचन अधिकृत रामहरि काफ्लेका अनुसार १० वटा बाकसमध्ये ३–३ वटाका दरले बाकसको मतपत्र गनिन्दै थियो। ६ वटा बाकस गनिसकेपछि एउटा समूहमा ४ वटै बाकस गन्ने तयारी गरिएको थियो। सो क्रममा बाकसको मतपत्र गन्दा १ सय ७ वटा मतपत्र बढी भेटिएको दलका प्रतिनिधिहरुले गुनासो गरे।  

उक्त मतपत्रहरु पुनः गन्दा १ हजार २ सय १६ भनिएकोमा १ हजार २ सय ८ मतपत्र पाइयो। अझै ९९ वटा मतपत्र बढी भेटिएपछि सबै अरु बाकसको मतपत्र मिसिएर बढी संख्या देखिएको हुनसक्ने भएकाले सबै बाकसको मतपत्र गन्न आफूले दलहरुलाई आग्रह गरेको अधिकृत काफ्लले बताए। काफ्लले भने, ‘खसको भन्दा बढी मतपत्र भेटिएको नभई अन्य बाकसको मतपत्र मिसिएर बढी देखिएको हुनसक्ने भएकाले सबै बाकसको मतपत्र गनेपछि मात्र हिसाब मिल्ने छ।’  

रंगेली बाहेकका अन्य स्थानमा अहिलेसम्म मतगणनामा कुनै समस्या देखिएको छैन। यस अघि पनि रंगेली–८ को मतपेटिका फुटेको अवस्थामा फेला परेपछि गठबन्धन दलको विरोधका कारण ३ दिन गणना स्थगित भएको थियो। विवादका कारण मतगणना स्थगित भएपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया रंगेली गई दलहरुसँग छलफल गरेपछि विवाद मिलाएर पुनः गणना सुरु भएको थियो।

प्रकाशित: ६ जेष्ठ २०७९ ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App