२४ असार २०८१ सोमबार
image/svg+xml
निर्वाचन विशेष

सुदूरपश्चिम प्रदेश: नेपाली कांग्रेसको अग्रता

कांग्रेस ३२ ,एमाले २४, र माओवादी केन्द्र १२ पालिकामा विजयी

सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तह मध्ये बुधबारसम्म ६९ पालिकाको मतगणना भएर नतिजा आईसकेको छ। मतगणना सम्पन्न भएको मध्य अहिलेसम्म पालिकाको प्रमुख तथा अध्यक्षमा सवैभन्दा बढी स्थानमा नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले ३२ पालिकाको प्रमुख तथा अध्यक्षमा जितेको छ।

भने एमालेले २४ पालिका र माओवादी केन्द्रले १२ पालिका प्रमुख तथा अध्यक्षमा जित हात पारेको छ। एक पालिकामा स्वतन्त्र उम्मेदवारले जितेको छ। बैतडीको डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशीले जितेका छन्।

दार्चुला

नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुको गृह जिल्ला दार्चुलामा नेकपा एमाले र माओवादी केन्द्रले नेपाली काग्रेसलाई क्लिन स्विप पारेको छ। ९ स्थानीय तह रहेको दार्चुलामा नेकपा एमालेले ५ र माओवादी केन्द्रले ४ पालिकाको प्रमुख तथा अध्यक्षमा जित हात पारेको छ भने माआवोदीले केन्द्रले ४ पालिका अध्यक्षमा जितेको छ।

बैतडी  

१० वटा स्थानीय तह रहेको बैतडीमा नेपाली काग्रेस र नेकपा एमालेले ४/४ पालिकाको प्रमुख तथा अध्यक्षमा जित हात पारेका छन्। भने माओवादी केन्द्रले १ पालिकाको प्रमुखमा जितेको छ। एक पालिका अध्यक्षमा स्वतन्त्र विजयी भएको छ।

डडेल्धुरा

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला रहेको डडेल्धुरामा ७ स्थानिय तह मध्य ५ पालिका प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ। गठबन्धन नगरी एक्लै चुनाव लडेको नेपाली कांग्रेसले अघिल्लो निर्वाचन भन्दा एक पालिका बढीमा प्रमुख जितेको छ। डडेल्धुरामा माओवादी केन्द्रले दुई पालिका अध्यक्ष जितेको छ।  

बाजुरा

९ स्थानीय तह रहेको बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेले ४/४ पालिका प्रमुख तथा अध्यक्षमा जितेको छ। १ पालिकाको नतिजा आउन बाँकी छ।

बझाङ

१२ स्थानीय तह रहेको बझाङमा नेपाली काग्रेसले ५ पालिका प्रमुख तथा अध्यक्षमा जितेको छ। नेकपा एमालेले ४ पालिका अध्यक्षमा जितेको छ। माओवादी केन्द्र १ पालिका अध्यक्षमा जितेको छ। २ पालिकाको नतिजा आउन बाँकी छ।

अछाम

१० स्थानीय तह रहेको अछाममा ८ पालिकामा सम्पन्न मतगणनाको नतिजा अनुसार नेपाली काग्रेसले ५ पालिका  अध्यक्षमा जितेको छ। नेकपा एमालेले २ पालिका प्रमुख तथा अध्यक्षमा जितेको छ। माओवादी केन्द्रले १ पालिका अध्यक्षमा जितेको छ।

डोटी

९ स्थानीय तह रहेको डोटीमा नेपाली कांग्रेस ७ पालिका प्रमुख तथा अध्यक्षमा जितेको छ भने नेकपा एमाले र माओवादी केन्द्रले १/१ पालिकाको अध्यक्षमा जितेको छ।

कैलाली

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १३ स्थानीय तह रहेको कैलालीमा ४ पालिकाको मतगणना सकिएको छ। मतगणना सकिएकोमा नेकपा एमाले २ पालिका अध्यक्ष, नेपाली काग्रेस एक पालिका प्रमुख र माओवादी केन्द्रले एक पालिका अध्यक्ष जितेको छ।

कञ्चनपुर

९ स्थानीय तह रहेको कांचनपुरमा नेकपा एमाले २ पालिका प्रमुख तथा अध्यक्ष, माओवादी केन्द्र १ पालिका प्रमुख र नेपाली काग्रेस १ पालिका अध्यक्ष जितेको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ १५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App