२७ मंसिर २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

उदयपुरको बेलका नगरपालिकामा गठबन्धन विजयी

मेयर निर्वाचित काँग्रेसका अशोक कार्की र उपमेयर एमालेकी जिरा राई। तस्विरः महेश्वर/नागरिक

उदयपुरमा अर्को नगरपालिका पनि गठबन्धनले जितेको छ। बेलका नगरपालिका प्रमुखमा गठबन्धनबाट उठेका काँग्रेसका उम्मेदवार अशोक कार्की जितेका छन्। उनले ३ हजार २ सय ४० बढी मतान्तरले एमालेका उम्मेदवार दुर्गाकुमार थापालाई पराजित गरेका छन्।  

कार्कीले ११ हजार १ सय २० ल्याएर विजयी हुँदा थापालाई ६ हजार ९ सय ८० मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ। उपमेयरमा भने गठबन्धनलाई पछि पार्दै एमालेकी जीरा राईले विजयी हासिल गरेकी छिन्। राईले ८ हजार २ सय ७६ मत पाएर उपमेयर जित्दा गठबन्धनका मनोज तामाङलाई ७ हजार ४ सय ९५ मत मात्र परेको छ।  

९ वडामध्ये ४ वटा काँग्रेससहित गठबन्धनले ६ वटामा किल्ला गाडेको छ। ३ वटा वडा एमालेले सुरक्षित गरेको छ। काँग्रेसबाट वडा नं. १, ३, ४ र ९ मा क्रमशः दिनेश्वर चौधरी, टंकप्रसाद आचार्य, तीर्थराज अधिकारी र पदम खड्का वडाध्यक्ष जितेका छन्। त्यस्तै ७ र ८ मा माओबादीका निकेश राई र जयकुमार राई जित्दा एमालेले २, ४ र ५ नं. मा प्रेमबहादुर दाहाल, दीपक रेग्मी र बसन्त मगरलाई वडाध्यक्ष बनाउन सफल भएको छ।  

बेलका नगरपालिका एमालेको किल्ला सावित तहुँदै आएको थिाये। ०७४ को चुनावमा १ र २ वडामा काँग्रेसले जित्नुबाहेक मेयर उपमेयरसहित ७ वडाध्यक्ष एमालेको कब्जामा थियो। पराजित मेयरका उम्मेदवार थापा यसअघिका पनि मेयर हुन्। उपमेयर राजकुमारी चौधरीलाई भने पार्टीले टिकट नदिएपछि जीरा राईले उपमेयर लड्ने मौका पाएकी थिईन्।  

यता चौदण्डीगढी नगरपालिकामा पनि परिणाम अन्तिम चरणमा आईपुगेको छ। यो समाचार तयार पार्दासम्म ३ सय मत गन्न बाँकी छ। यसअघि मेयर उपमेयरसहित १० मध्ये ७ वडामा काँग्रेसको बहुमत रहेको चौदण्डीगढीमा भने एमालेले मेयर उपमेयरसहित अधिकतर वडामा अग्रता कायम राखेको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App