१ चैत्र २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

ललितपुरमा ‘चिरीबाबु’ पहिलो स्थानमा सुरक्षित हुँदै

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले आफ्ना प्रतिस्पर्धी भन्दा ६ हजार ३ सय ५० मत बढी ल्याएर अग्र स्थानमा आफूलाई सुरक्षित राखेका छन्।  

दोस्रो कार्यकालका लागि मेयरमा भिडिरहेका चिरीबाबुले बुधबार बिहान १० बजेको मत परिणामअनुसार ११ हजार ९ सय २० मत ल्याएका हुन्।  

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ५ हजार ५ सय ७० मत मात्र प्राप्त गरेका छन्।  ब्यञ्जनकारको मत संख्या चिरीबाबुको तुलनामा निकै थोरै संख्याले बढिरहेको छ।  

अघिल्लो स्थानिय निर्वाचन २०७४ मा चिरीबाबुले जसलाई झिनो मतले हराएका थिए अहिले पनि उनी तीनैसँग भिडिरहेका छन्। अहिले पनि ब्यञ्जनकार धेरै पछाडि देखिन्छन्। मतगणना सुरु भएदेखिनै उनी पछिपछि छन्।    

यसैगरी तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अष्टबहादुर महर्जन छन्। उनले ५ सय २२ मत मात्र प्राप्त गरेका छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ ०५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App