१ चैत्र २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

पोखरामा धनराज १८ सय मतले अघि, उपमेयरमा तीव्र प्रतिस्पर्धा

पोखरा महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धामा नेकपा एकिकृत समाजवादीका धनराज आचार्य अग्र स्थानमा छन्। उनले आफ्ना प्रतिद्धन्दी नेकपा एमालेका कृष्णबहादुर थापालाई विस्तारै पछि पार्दै छन्।

मतगणनाको पाँचौ दिन बुधबार बिहान १० बजेसम्मको मतपरिणाम अनुसार आचार्यले थापालाई १ हजार ७ सय ९५ मतले पछि पारेका छन्। आचार्यले १२ हजार ९ सय ४५ मत प्राप्त गरेका छन भने  थापाले ११ हजार १ सय ५० मत प्राप्त गरेका छन्।

यी दुई उम्मेदवारबीच सुरुदेखि नै त्यति धेरै मतको अन्तर देखिदैन। त्यसो त धनराजले नै सुरुदेखिनै अग्रता लिइरहेका हुन्।  

तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शंकर खनाल छन्। उनले अहिलेसम्म १ हजार ३ सय ६० मत मात्र प्राप्त गरेका छन्। यसैगरी चौथौ स्थानमा स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले ७ सय ३६ मत प्राप्त गरेका छन् भने चौथो स्थानमा रहेका विवेकशील साझा पार्टीकी शुसिला केसीले ८६ मत प्राप्त गरेकी छिन्।

यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट अग्र स्थानमा छिन्। उनले १२ हजार ६ सय ९६ मत प्राप्त गरेकी छिन् भने उनकी निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी मञ्जुदेवी गुरुङ्गले १२ हजार ९१ मत प्राप्त गरेकी छिन्। राप्रपाकी रञ्जनाकुमारी सेन पौडेलले १ हजार १ सय १७ मत प्राप्त गरेकी छिन्।

प्रकाशित: ४ जेष्ठ २०७९ ०५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App