१ चैत्र २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

भरतपुरमा रेनु १६ सय बढी मतले अघिः उपमेयरमा चित्रसेन ढुक्क

भरतपुर महानगरपालिकाका पहिलो र दोस्रो स्थानमा रहेका मेयरका प्रतिस्पर्धीबीचको मतान्तर बढ्दै गएको छ।

मंगलबार साँझ २ सय ५५ मतले अग्रता लिएकी सत्तारुढ गठबन्धन दल माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले बुधबार बिहान दश बजेसम्म आइपुग्दा १ हजार ६ सय १७ मतले अग्रता लिएकी छिन्। बुधबार बिहान १० बजेसम्मको मतपरिणाम हेर्दा रेनु सुरक्षित तरिकाले उक्लिरहेको देखिन्छ।

दाहालले अहिलेसम्म ९ हजार ८ सय १ मत प्राप्त गरेकी छिन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सूवेदीले ८ हजार १ सय ८४ मत प्राप्त गरेका छन्। मंगलबारसम्म यी दुई उम्मेदवारबीच तीब्र प्रतिस्पर्धा भइरहेको थियो। बुधबारदेखि रेनुको मत सूवेदीको तुलनामा धेरै बढेको देखिन्छ।

तेस्रो स्थानमा नेपाली कांग्रेसका बागी उम्मेदवार (स्वतन्त्र)बाट जगन्नाथ पौडेल छन् । उनले ४ हजार ४ सय ३९ मत प्राप्त गरेका छन्।  

चौथोमा विवेकशील साझाका प्रविन काफ्ले छन्। उनको खातामा ७० मत मात्र देखिएको छ। त्यसै पाँचौ स्थानमा मंगोल नेशनल अर्गनाइजेशनका टेकबहादुर पुन मगरले २० मत प्राप्त गरेका छन्।  

यसैगरी उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ७ सय ४० मत प्राप्त गरी पहिलो स्थानमा छन्। उनकी निकटतम प्रतिद्धन्दी राप्रपाकी हिमला गुरुङ्गले ६ हजार ६ सय ६८ मत प्राप्त गरेकी छिन्।

यसैगरी स्वतन्त्र उम्मेदवार पवीत्रा जोशीले ६५ र विवेकशील साझाकी पुष्पा सापकोटाले ४८ मत प्राप्त गरेकी छिन्।

प्रकाशित: ४ जेष्ठ २०७९ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App