१ चैत्र २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

काठमाडौमा बालेन दोब्बर मतले अगाडि (पछिल्लो अपडेट)

काठमाडौ महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले नेकपा एमालेका केशव स्थापितलाई दोब्बर मतले पछि पारेका छन्।  

मतगणना सुरु भएदेखिको बालेनको दौड थामिएको छैन। पछिल्लो मत परिणाम हेर्दा यस प्रतिस्पर्धामा तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले राम्रो मत ल्याइरहेकी छिन्। स्थापित र सिंहबीचको मतान्तर छट्दै गएको देखिन्छ।

बुधरबार बिहान १० बजेसम्म बालेनले १५ हजार ७ सय ७५ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्। उनी र अर्का मेयर उम्मेदवार स्थापितबीचको मतान्तर बढ्दो छ।

स्थापितले अहिलेसम्म ८ हजार २ सय ५३ मत प्राप्त गरेका छन्। पछिल्लो मत परिणामले दुई प्रतिस्पर्धीबीच अझ फराकिलो मतान्तर देखिएको छ।  

यसैगरी तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह नै छिन्। उनले ७ हजार ३ सय ४८ मत प्राप्त गरेकी छिन्। उनी सत्तारुढ दल गठबन्धनकी उम्मेदवार हुन्।

राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठ चौथौ स्थानमा छन्।  उनले ८ सय ९ मत प्राप्त गरेका छन् भने पाँचौ स्थानमा रहेका सुमन सायमीले ६ सय ६७ मत प्राप्त गरेका छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ ०४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App