८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

भरतपुरमा रेनु दाहालले फराकिलो मतान्तर बनाउँदै, सुवेदी १ हजार ११९ मतले पछि

भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेको छन्। 

वडा नं ६को मतगणना चलिरहँदा दाहाल १ हजार ११९ मत मतान्तर बनाएकी  छन्। भरतपुरमा २५हजार ३५८ मतगणना हुँदा दाहालले ९ हजार ११ मत ल्याएर आफूलाई अग्रस्थानमा राखेकी छिन्। त्यस्तै दाहाललाई पछ्याउँदै विजय सुवेदीले ७ हजार ८९२ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४ हजार ११२ मत प्राप्त गरेका छन्। यस्तै उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले मतान्तर बढाउँदै लगेका छन्।  उनले १० हजार ७७४ मत ल्याएका छन्। अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमाल गुरुङले ६ हजार ४५४ मत  प्राप्त गरेकी छन्। अहिले भरतपुर ६ नम्बर वडाको मतगणना जारी   छ। यस वडामा अध्यक्षमा भने एमाले अगाडी छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ००:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App