४ पुस २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

बलरामा माओवादी केन्द्र विजयी

सर्लाहीको बलरा नगरपालिकामा माओवादी केन्द्रले जित निकालेको छ। नेपाल भारत सीमामा रहेको बलरा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादीले सजिलो जित निकालेको हो।

बलरा नगरपालिकाको मेयरमा रामाशंकर प्रसाद कुशवाहाले ४६४३ मत प्राप्त गरी जित निकालेका हुन्। कुशवाहाका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका अभयकुमार सिंहले ३६३१ मत प्राप्त गरेका छन्। यसै गरी उपमेयरमा नेकपा माओवादी केन्द्रकै कोसिला देवीले ४३५१ म्त प्राप्त गरी जित निकाल्दा लोसपा नेपालकी रागिनी देवीले ३७४० मत प्राप्त गरेकी छन्।

सर्लाहीको बलरा नगरपालिकामा नेपाली काँग्रेसले ६, नेकपा माओवादी केन्द्रले ३, नेकपा एमाले र लोसपा नेपालले एक एक वडामा जित निकालेका छन्। बलरा नगरपालिकामा ११ वडा रहेका छन्।

नेपाली काँग्रेसले सबैभन्दा बढी वडामा विजय प्राप्त गरेको भए पनि अन्तरकलहले गर्दा मेयर तथा उपमेयर प्रतिस्पर्धामा नै नरहेको देखिएको छ। 

प्रकाशित: ३ जेष्ठ २०७९ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App